राजनीतिको विकृत बाटोः सिद्धान्तहीन नवप्रवेशीले ठूला दललाई थाम्न सक्लान् र ?
![भेषराज पोखरेल](
https://nepalbahas.prixacdn.net/media/albums/Bheshraj_Pokhrel_PTlWJzLT9K.jpg
)
भेषराज पोखरेल
असोज २७, २०७९ बिहिबार १७:३२:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/bhesraj-chunab_p1MVwxEmuy.jpg)
मंसिर ४ गते हुने आमनिर्वाचनको तयारी जोडतोडका साथ अघि बढिरहेको छ । संघ र प्रदेशको प्रत्यक्ष निर्वाचन प्रतिस्पर्धामा उत्रनेहरुले मनोनयन दर्ता गरिसकेका छन् । त्यसपछिका निर्वाचनका प्रक्रियाहरु निर्वाचन आयोगले अगाडि बढाउने नै छ । राजनीति अहिलेसम्मको अवस्थामा आइपुग्दा पनि व्यवस्थित र नीतिगत रुपमा अगाडि नबढेर ढल्फलाउने अवस्थामै छ ।
ठूला प्रजातान्त्रिक वा लोकतान्त्रिक मानिएका दलहरुका शीर्ष नेता र तिनका वरिपरिका नेताहरुले टिकट वितरणमा एकलौटी गरिरहेको स्पष्ट देखिन्छ । जनताले चाहेका नेतालाई त प्राथमिकता दिइएको छैन नै, तल्लो तहसम्मका आफ्नै कार्यकर्ताले चाहेका नेतालाई पनि दलका शीर्ष घेराले राजनीतिबाट बाहिर फालिदिएकाे अवस्था छ ।
यही अवस्था आउने ठानेर चुनावी प्रक्रिया सुरु हुनुअघि नै आफूलाई राजनीतिमा प्रभावी मान्ने नेताहरुले व्यापक रुपमा दलबदल गरे । मनोनयनको समयसम्म आइपुग्दा राजनीतिमा सम्भावना भएका कयौं युवा नेताहरुलाई निषेध गरियो । यस्तो अवस्थामा राजनीति अझै पनि नीतिगत रुपमा नचलेर शक्ति र जालझेलकै आधारमा अघि बढ्ने हो कि भन्ने खतरा बढेको छ ।
पछिल्लो समय राजनीतिक रुपमा सचेत युवाहरुमा अहिलेका राजनीतिक शक्तिकेन्द्र अर्थात् शीर्षनेतृत्वको कुरुप घेराप्रति ठूलो असन्तुष्टि छ । दलहरुसँग संलग्न र त्यसभन्दा बाहिरका युवाहरुले त्यस्तो घेराको बोलवाला वा हालिमुहाली रहँदासम्म देशले कुनै पनि रुपमा काँचुली फेर्न सक्दैन, विकासले गति लिन सक्दैन, जनताले सुशासन पाउन सक्दैनन् भन्ने मान्यता राख्छन् । उनीहरुले राज्यसंयन्त्रमा पकड जमाएका ठूला दलका त्यस्ता घेरालाई तोड्न चाहन्छन् ।
यस्तो अवस्थामा निर्वाचनमा असहयोगको मात्रा ह्वात्तै बढेर जाने निश्चित छ । अरु दलसँग कडा प्रतिस्पर्धा, एकातिर बागी उम्मेदवार अर्कातिर स्वतन्त्रको टक्करले गर्दा कांग्रेस जस्तो दललाई आगामी निर्वाचन फलामको च्यूरा चपाए सरह हुने अवस्था देखिँदै छ ।
युवाहरुको यही चाहनाको प्रतिफल स्वरुप ठूलो संख्यामा पार्टीका युवा नेताहरु आफ्नै पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका छन् । अर्को, दलहरुभन्दा बाहिरका युवाहरुको ठूलो संख्याले स्वतन्त्र उम्मेदवारमा मनोनयन दर्ता गराएका छन् । यति हुँदाहुँदै पनि मनोनयनपछिको अवस्थालाई हेर्दा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका शीर्ष नेताहरुले हार्ने अवस्था देखिँदैन । उनीहरुका क्षेत्रमा उम्मेदवारी दिनेहरु कमजोर देखिन्छन् ।
सकेसम्म शीर्ष नेताका घेरामा रहेका नेताहरुले पनि जित्न सक्ने अवस्था छ तर पनि उनीहरुलाई भने प्रतिस्पर्धी दल र स्वतन्त्र युवा उम्मेदवारबाट ठूलै चुनौती छ । यो अवस्थामा निर्वाचनमा प्रत्यक्ष वा परोक्ष रुपमा ठूलो रकमको खेल तथा डरलाग्दो निषेधको उपयोग गरिने सम्भावना बढी छ । शीर्ष नेताको यस्तो शक्तिशाली घेरा तोड्न धेरै कठिन छ । यही घेरा तोडिन सक्यो भने पनि राजनीतिमा केही परिवर्तन आउन सक्नेछ ।
२०७४ को निर्वाचनले नेपालको राजनीतिलाई व्यवस्थित गर्दै जैलाने आम आशा तत्कालीन नेकपाभित्रको निषेधको राजनीति, नेतामा अरुको अस्तित्व नस्वीकार्ने प्रवृत्ति र दम्भको राजनीतिका कारण पूरै समाप्त गरिदियो । यसले राजनीतिक संयन्त्र नै लगभग छिन्नभिन्न, लथालिंग र नीतिविहीन अवस्थामा पुर्याइदियो । अहिलेको निर्वाचनले पनि त्यो राजनीतिक गतिहीनतालाई बाटोमा ल्याउन ज्यादै कठिन छ । त्यसका सहउत्पादन (बाइप्रडक्ट) अझ उग्ररुपमा बाहिर आउने अवस्था देखिँदै छ ।
यसले फेरि पनि मिलेर जाऔं, मिलेर खाऔं भन्ने राजनीति अझै बढी फैलिएर जाने हो कि भन्ने खतरा नजिकै छ । यो अवस्था बढेर गयो भने राजनीतिमा दलालीकरण अझ फैलिएर जानेछ । यति हुँदाहुँदै पनि सचेत, जनताबीच दह्रो पकड जमाउने र दीर्घकालीन सोच भएका स्वतन्त्र उम्मेदवारले टक्कर दिन सके भने यो खतरामा विराम लाग्ने आशा गर्न सकिन्छ ।
अहिले सबै दलका कयौं नेताहरुले नीतिलाई तिलाञ्जली दिएर वर्षौंसम्म विरोधी मानिएका दलमा भित्रिएका छन् । दलहरुले अरुका नेताहरुलाई फूलमाला लगाएर भित्राएका छन् भने वर्षौं आफ्नो पार्टीमा योगदान गरेका नेताहरुलाई बेवास्ता गर्दै राजनीतिक रुपमा अलपत्र पारिदिएका छन् । यस्तो अवस्थामा निर्वाचनमा असहयोगको मात्रा ह्वात्तै बढेर जाने निश्चित छ । अरु दलसँग कडा प्रतिस्पर्धा, एकातिर बागी उम्मेदवार अर्कातिर स्वतन्त्रको टक्करले गर्दा कांग्रेस जस्तो दललाई आगामी निर्वाचन फलामको च्यूरा चपाए सरह हुने अवस्था देखिँदै छ । हुन त एमालेलाई पनि यो रोगले छाड्ने छैन । गठबन्धनको भर ज्यादै झिनो हुनसक्छ ।
अहिलेको अवस्थालाई हेर्दा उम्मेदवारी फिर्ता लिने दिनसम्म ठूलो चलखेल हुने सम्भावना देखिन्छ । यो समयसम्म दलहरुले बागी र स्वतन्त्रहरुलाई उम्मेदवारी फिर्ता गराउन विभिन्न दबाब तथा आर्थिक चलखेल बढाउन सक्ने सम्भावना बढी देखिन्छ । अर्को, अहिलेसम्मको अवस्था हेर्दा गठबन्धनका दलहरु र एमाले मुख्य प्रतिस्पर्धी देखिएपनि प्रभावशाली नेताहरुलाई जिताउन जुनसुकै दलले जुनसुकै दलसँग सहमति गरेर अगाडि बढ्न सक्ने स्पष्ट संकेत देखिएको छ ।
यस्तो अवस्थामा पनि सम्बन्धित दलका सम्भावना भएका नेतालाई कठपुतली बनाइने छ । यसले फेरि पनि मिलेर जाऔं, मिलेर खाऔं भन्ने राजनीति अझै बढी फैलिएर जाने हो कि भन्ने खतरा नजिकै छ । यो अवस्था बढेर गयो भने राजनीतिमा दलालीकरण अझ फैलिएर जानेछ । यति हुँदाहुँदै पनि सचेत, जनताबीच दह्रो पकड जमाउने र दीर्घकालीन सोच भएका स्वतन्त्र उम्मेदवारले टक्कर दिन सके भने यो खतरामा विराम लाग्ने आशा गर्न सकिन्छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपलय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
चेपुवामा जनताका अपेक्षा : गरमागरम संसद् उपलब्धि भने शून्य
माघ २६, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित शहर, दिल्ली शीर्ष स्थानमा
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
बारामा सुधार केन्द्रभित्रै कुटपिट गरी एक युवाको हत्या
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार