तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
असोज २६, २०७९ बुधबार १२:३:३८
आजको पात्रो : २६ असोज २०७९,बुधबार। तद्नुसार अक्टुबर महिनाको १२ तारिक २०२२ । कार्तिककृष्णपक्ष तृतीया,बणिज करण, भरणी नक्षत्र, वज्र योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान सूर्योदय ०६ः०२ मा हुनेछ भने साँझ ५ः३८ मा सूर्यास्त हुनेछ । आज ११ः२८ देखि १२ः१४ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ । बुधबारको दिन घर गृहस्थ सम्बन्धी कार्य गर्न सकिन्छ । बुधबारको दिन अचल सम्पत्तिको कारोबार नगर्नुहोला । बुधबारको दिन नजिकको यात्राका लागि शुभ दिन रहेको छ । आजको देवता बरुण र ग्रहदेव चन्द्र रहेको छ । घरको सरसफाई र मर्मतको कार्य आजको दिन गर्दा राम्रो हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- आजको दिन कामका प्रतिफल प्राप्त हुनेछ । सामानसम्मान मिल्नेछ । तपाईले गर्नुभएको कामको सम्मान हुनेछ । सामाजिक सेवा गर्नुभएको छ भने त्यसबाट तपाईलाई मानसम्मान मिल्नेछ । मेष राशीका जातकले जे काम गर्नुहुन्छ गरेको काममा सफलता प्राप्त हुनेछ । देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- तपाईको लागि आजको दिन त्यति अनुकुल छैन । मानसिक चिन्ता, असन्तुष्ठी रहन सक्छ । यात्राको लागि अवसर आउनसक्छ । त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । यदी यात्रामा निस्कनु भन्दा पहिले तपाईको नजिकै हरेको कुनै पनि देवी देवताको दर्शन पुकारा गरेर यात्रा गर्नुभयो आजको दिन तपाईको लागि अनुकुल हुनसक्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशी भएका जातले आजको दिन मौन रहनु वेश हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवाद हटदै जानेछ । आजको दिन तपाईले गरेका काम सफलता मिल्नेछ । विहानको सूर्योदयको दर्शन फलदायी हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरणहरु फैलने छन् । आज नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईको काममा सफलता मिल्नेछ । आफूले गरिरहेको व्यापार ब्यबसाय र कामबाट तपाईलाई सफलता मिल्नेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । तपाईमा केही घमण्डका कारण तपाई आफैले गरेको कार्यबाट हानी हुनसक्छ । त्यसैले काम गर्दा होस् पुर्याउनु होला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले ब्यापार ब्यबसायको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिरहुन भएको छ भने थप सफलता मिल्नेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- तपाईको मनमा खुसी छाउनसक्छ । तपाईको चाहना र इच्छाअनुसार काम हुनेछ । आजको दिन विवाद हुने काम नगर्नुहोला । आजको दिन अनावश्यक खर्च हुनेछ । त्यसैले खर्च गर्दा होस गर्नुहोला । आजको दिन विहानैं सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन कसैलाई पनि अपमान हुने काम र कुरा नगर्नुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- ब्यापार ब्याबसायबाट लाभ हुने देखिन्छ । तपाईको समयअनुकुल छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ ।
मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- आजको दिन तपाईको लागि उत्तम दिने हो । त्यसैले जे काम गर्नुहुन्छ । सफलता प्राप्त हुनेछ । व्यापार ब्यबसाय, लेखन, र तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- आजको दिन समय त्यति अनुकुल छैन । त्यसैले स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- यदी व्यापार ब्यबसायमा काम गर्नुहुने मीन राशीका जातको लागि दिन उत्तम रहेको छ । धनलाभ प्राप्त हुने योग छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । सुखीको खबर र तपाईले गर्नुभएको कामका सफलता प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार