जुम्लामा बाढीपहिरोबाट ज्यान गुमाउने संख्या १० पुग्याे

नेपालबहस संवाददाता
असोज २६, २०७९ बुधबार १९:४५:३९

♦ दिलमाया शाही
२६ असोज, जुम्ला । जुम्लामा केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट धेरै ठूलो जनधनको क्षेति पुगेको छ । बाढी पहिरोबाट विस्तापित घरपरिवारलाई उद्धार तथा राहत वितरणका लागि बुधबार जिल्ला विपत व्यवस्थापन समितिको वैठक बसेको छ । विपत व्यवस्थापन समितिको बैठकमा हालसम्म जिल्लामा बाढीपहिरोबाट १० जनाले ज्यान गुमाएको, ८५ घर पूर्ण क्षति भएको र तीन सय परिवार राहतको पर्खाइमा रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार कनकासुन्दरी-५ मा गणेश शाहीका पाँच जनाको परिवार, दुई छिमेकीसहित सात जनाको मृत्यु भएको थियो । यस्तै, कनकासुन्दरी गाउँपालिका-३ निवासी खड्क न्यौपानेको बाढीले बगाएर मृत्यु भएको छ ।
हिमागाउँपालिका-३ जोगिवाडामा बाढीले आमाछोरा बगाएकोमा आमाको शव भेटिएको प्रजिअ केसरीले जानकारी दिए । गुठिचौर गाउँपालिकाको मणिसाँघुमा घर भत्किदा डोल्पा घर भई जुम्ला सदरमुकाम आउँदै गरेकी एक महिलाको मृत्यु भएको छ ।
तथ्यांकअनुसार जिल्लामा ८५ घर पूर्ण क्षेति, दुई सय घर आशिंक क्षेति र एक सय घर उच्च जोखिममा रहेका छन् । कर्णाली राजमार्ग, नाग्म गमगढि राजमार्ग पहिरोले यातायात आगमन ६ दिन देखि बन्द भएका छन् । २० असोज बेलुकीबाट टेलिफोन र इन्टरनेट सेवा बन्द छ । भित्र्याउन लागेको मार्सीधानमा धेरै क्षेति पुगेको छ भने सिमी, कोदो, मकैसहितका बालीमा क्षेति पुगेको छ ।
राहतमा जुट्यो जुम्ला
जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले तत्काल गर्नुपर्ने काम र राहत व्यवस्थापन बारे निर्णय गरेको छ । जिल्ला समन्वय समिति, स्थानीय सरकार, राजनैतिक दल, स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार तथा नागरिक समाजको उपस्थितमा सम्पन्न बैठकमा तत्काल सडक सुचारु गर्न तथा आकस्मिक रिस्क्यू तथा राहातका लागि जिल्लाको सवै शक्ति प्रयोग गर्ने निर्णय गरेको छ ।
बैठकले १९ असाजे ०७९ देखिको अविरल वर्षाका कारण राजमार्गमा पहिरो आई बन्द भएकाले सुचारु गर्न सडक विभागमा सुचारु गर्न अनुरोध गर्ने, जिल्लाका आठ वटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकाले चार लाख र हरेक गाउँपालिकाले दुई लाखका दरले जिल्ला विपत विपत व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने निर्णय गरेको छ । जिल्ला व्यवस्थापन समितिको कोष वृद्धिका लागि सर्वसाधारणलाई समेत अनुरोध गर्ने र कर्णाली राजमार्ग तथा सहायक बाटोहरु खुलाउन जिल्लाका सवै डोजर प्रयोग गर्ने निर्णय गरिएको छ ।
स्थानीय सरकारले विपतमा पूर्ण रुपमा लागेर काम गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले सबै तहले एकसाथ दुःखको घडीमा काम गर्नुपर्ने बताए । चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले स्थानीय तहको क्षेतिको अवस्थाका बिषयमा जानकारी गराएका थिए ।
तीन जनाको हवाई उद्धार
विपतमा परेर घाईते भएका दुई जना र बिजुली बनाउँदा लडेर घाईते भएका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । कनकासुन्दरी गाउँपालिकामा घाईते भएका सरस्वति हमाल र रामबहादुर हमाललाई सुर्खेत लगेर उपचार गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार
म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि
फागुन १४, २०८१ बुधबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार