यी चर्चित अनुहार जसको उम्मेदवारी खारेजीमा पर्याे
नेपालबहस संवाददाता
असोज २६, २०७९ बुधबार २१:४८:५०
२६ असोज, बर्दिया । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका केही चिरपरिचित अनुहारको उम्मेदवारी खारेजी भएको छ ।
बर्दियाको क्षेत्र न २ मा प्रतिनिधिसभाका लागि नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ । २०७२ साल भदौमा कैलालीको टिकापुर घटनाका मुख्य योजनाकार रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको फैसला गरेका कारण हाल डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीमाथि एक नाबालकसहित ९ जना प्रहरीको हत्या गरेको आरोप लागेको छ । चौधरीको मुद्धा हाल सर्वोच्च अदालतमा रहेको छ । तल्लो तहका दुवै अदालतले सजाए सुनाएको अवस्थामा उम्मेदवार बन्न नपाउने भएका कारण उनको उम्मेदवारी खारेज गरिएको हो ।
बर्दिया क्षेत्र न २ बाट वारिसमार्फत उम्मेदवारी दर्ता गराएका रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालय राजापुर बर्दियाका प्रमुख नगेन्द्र लम्सालले बताए । अब सो क्षेत्रमा रेशमको वुबा जसले स्वतन्त्र उम्मेदवार दर्ता गराएका थिए पार्टीले उनलाई समर्थन गर्ने भएको छ । २०७२ सालमा भएको टिकापुर हत्याकाण्डपछि फरार रहेका रेशम चौधरीले २०७४ सालमा भुमिगत अवस्थाकै बेला निर्वाचन जितेका थिए । निर्वाचन जितेपछि आत्मसमर्पण गरेका उनलाई अदालतले पुर्वक्षका लागि थुनामा पठाएको थियो ।
यसै गरी सोही घटनामा संलग्न भएका कैलालीकै लक्ष्मण थारुको उम्मेदवारी पनि खारेज गरिएको छ । थारु कैलालीको प्रतिनिधिसभा क्षेत्र न ५ बाट नागरिक उन्मुक्ति पार्टीबाट वारिसमार्फत उम्मेदवारी दिएका थिए । थरुहट आन्दोलका क्रममा कैलालीको टिकापुर २०७२ सालमा भएको हिंसात्मक आन्दोलनको दोषी ठहर गरी उच्च अदालत दिपायलले कर्तव्य ज्यानमुद्धामा जन्मकैदको सजाय सुनाएको थियो । त्यसयता थारु फरार छन ।
यस्तै अर्को चर्चित अनुहार हो, रुपन्देही २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता राजु गुरुङ , उनको पनि उम्मेदवारी खारेज भएको छ । उनलाई चेक अनादरसम्बन्धि मुद्धामा काठमाडौं जिल्ला अदालतले जरिवाना गर्ने फैसला गरेको थियो । गुरुङले उक्त जरिवाना भुक्तान नगरेको विषयमा निर्वाचनको अधिकृतको कार्यालयमा उजुरी परेको थियो त्यसैका आधारमा उनको उम्मेदवारी खारेजीमा परेको हो । सोही निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका कमल भुसाल, डा निकोलेसको पनि उम्मेदवारी खारेजीमा परेको छ ।
उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका थिए । उनीमाथि नेपाल सरकारको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेको र सरकारबाट आर्थिक लाभ लिइरहेको उजुरीका आधारमा उम्मेदवारी खारेजीमा परेको हो । सो क्षेत्रमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकाको र अर्का नाम चलेकाको उम्मेदवारी खारेज भएपछि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडललाई निर्वाचन जित्न सहज हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार