स्वतन्त्र उम्मेद्वारीको लहर संगै स्वतन्त्र उम्मेद्वारको सभावना
नेपालबहस संवाददाता
असोज २६, २०७९ बिहिबार ०:१:३७
संसदीय ब्यवस्थामा दलीय प्रतिस्पर्धा महत्वपूर्ण हुन्छ । दलहरुका घोषणापत्रहरुमा समाबेश गरिएका बिकासका कार्यक्रमहरुलाई आधार मानेर नै जनताले दलहरुर्ला आफ्नो अभिमत मतदानका आधारमा ब्क्त गर्दछन् । यहि मतदानका आधारमा बहुमतले शासन गर्ने र अल्पमतले प्रतिपक्षमा बसेर जनताका आवाज बुलन्द रुपमा उठाउने पद्धतिलाई हामीले संसदीय ब्यवस्थाको रुपमा बुभ्mदै आईरहेका छौ ।
बिगत बर्षहरुमा दलहरुले देशप्रति गरेका कामहरुबाट आम नागरिकहरु सन्तुष्ट भएको भने पाईदैन । राजनैतिक दलहरु केबल पार्टीका नाममा, पार्टी भित्र पनि केबल गुटका नाममा अझ त्यो भन्दा पनि तल झरेर केवल परिवारका नाममा राजनीतिक फाईदाको हिसाब किताब गर्न थाले पछि नेपाली जनतामा राजनैतिक दलहरु प्रतिको आकर्षण घटदै जान थालेको देखिएको हो ।
जसको परिणाम स्वरुप बिगतको स्थानीय निर्वाचनमा नेपाली जनताले अत्यन्तै ठूलो शाहस र हिम्मत गरेर दलभन्दा माथि उठेर स्वतन्त्र उम्द्वारलाई मतदान गरे । दलको झण्डाले किन आम नेपाली नागरकलाई ओत दिन सकेन रु किन राजनैतिक दलहरु नेपाली जनताका साहारा बन्न सकेनन रु किन नेपाली जनताहरुले दल छोडेर स्वतन्त्र उम्मेद्धवार प्रति यति बिघ्न समर्थन जनाए रु भन्ने बिषयमा दलहरुले अझै पनि गम्भिर हुन सकेको भने देखिदैन । यसले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा कस्तो प्रभाव पार्ला रु भनेर हामीले यसै अनुमानका आधारमा गणितिय तथ्यांक निकाल्न सक्ने अवस्था पनि देखिदैन ।
अहिले देश संघ तथा प्रदेशको निर्वाचनको संघारमा उभिएको छ । आउदै गरेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचनलाई मध्यनजर गरी निर्बाचनमा स्वतन्त्र उमेद्द्धवारी दिनेहरुको लहर नै चलेको देखिन्छ । फरक बिचार र धारणा राखे स्वतन्त्र समूहहरु लगायत पाटी परित्याग गरी आफ्नु स्वतन्त्र उम्मेद्वारी दिने व्यक्ति हरुको यस चुनाबमा बाक्लै उपस्थिति देख्न पाइने भएको छ ।
यसरी उत्साहजनक रुपमा स्वतन्त्र उम्मेद्वारी दर्ता हुनुमा गएको स्थानिय चुनाबमा स्वतन्त प्रतिको जनताको रुझान लाई मुख्य कारक तत्व मान्न सकिन्छ । तर यहाँ के पनि प्रश्न उठन सक्छ भने के यसरि यत्तिका धेरै संख्यामा उम्मेद्धवारी दिंदैमा के स्वतन्त्र उम्मेद्वारले उलेख्य मात्रामा मत पाप्त गर्न सक्छन् त रु यसका लागि स्वतन्त्र उम्मेद्धवारहरुको एलायन्सको आवश्यकता हुनुपर्ने एक थरी बुद्धिजिवीहरुको भनाई समेत रहदै आएको बुझिन्छ । स्वतन्त्र उम्मेद्वारहरु बीच सहकार्य हुन सके आगामी दिनमा जनताले स्वतन्त्र उम्मेद्धवारहरुलाई पनि दलहरु जत्तिकै प्रतिस्पर्धामा अगाडि आउन सक्ने एउटा पाटो जिवितै रहेको देखिन्छ ।
अहिले ब्यक्ति स्वतन्त्र, दल स्वतन्त्र अनि बिचार स्वतन्त्रताले नेपाली राजनीतिमा आफ्नो बर्चस्व बढाउदै लान थालेको देखिन्छ । यसले नेपाली जनताहरु समेत झुक्किने अवस्था एकातिर छ भने अर्को तर्फ टिकट नपाएको झेँकमा पार्टी परित्याग गरी या पार्टीको बिद्रोही उम्मेद्धवारका रुपमा स्वतन्त्र उम्मेद्धवार भई उठनेहरुको अर्को लर्को छ । यसले को कस्तो स्वतन्त्र उम्मेद्धवार हो भनी छुट्याउन समस्या पर्ने अवस्था देखिदैछ । भोली पुनः पार्टीमा फर्कने या स्वतन्त्र रुपमै आफुलाई नेपाली राजनीतिमा कृयाशिल बनाउने भन्ने दुईधारका उम्मेद्धवारहरुको प्रतिस्पर्धा पनि यस पटकको निर्वाचनले देखाउदैछ ।
अर्को तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको रबि लामिछाने लगायतका अन्य समूह बीच तालमेल नहुनु र पाटी नै परित्याग गरी स्वतन्त्र उमेद्वारी दिनुले स्वतन्त्र समुहलाई स्वतन्त्र भै मत प्रदान गर्न नदिने वातावरण को सिर्जना हुने देखिन्छ । पाटीको बिकल्प को रुपमा हेर्न थालिएको स्वतन्त्र उम्मेद्वारहरु बीच मै तालमेल र सहकार्य नहुनाले मतदाता हरुमा आशंका समेत खडा गरेको कुरालाई समेत स्वतन्त्र रुपमा उम्मेद्धवारी दिएका उम्मेद्धवारहरुले बुभ्mन जरुरी छ ।
भागबण्डाको राजनीतिमा नपरेका वा नेताका दृष्टिमा नरुचाईएका पाटीका शिर्ष नेताहरुनै स्वतन्त्र उम्मेद्वार हुने र चुनाबमा जाने हुदाँ बास्तबिक रुपमा जनताका एजेण्डा लिएर निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेद्धवारहरु नै ओझेलमा पर्ने त होईनन् रु यस तर्फ समेत स्वतन्त्र उम्मेद्धवारहरुले बेलैमा सोचेर साझा अबधारणा किन नबनाउने रुरुरु
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार