जसपासँगको सहकार्यले एमालेलाई ‘डबल डिजिट’को फाइदा !
नेपालबहस संवाददाता
असोज २७, २०७९ बिहिबार १४:४१:१
२७ असाेज, काठमाडौं । एमालेसँग सहकार्य गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभामा ८० भन्दा बढी सीटमा तथा प्रदेशसभामा १४३ भन्दा बढी सीटमा उम्मेदवारी मनोनयन दर्ता गराएको छ । नेकपा एमालेसँग प्रतिनिधिसभामा जसपाले ३५ सीटमा मात्र तालमेल गरेर अन्य स्थानमा आफ्नो तरिकाले उम्मेदवार उठाएको हो ।
समानुपातिक मत बढाउनका लागि यसपल्ट जसपाले धेरैजसो स्थानमा आफ्नो एकल उम्मेदवारी दिएको हो । एमालेसँग सहकार्य भए बोहकका स्थानमा जसपासा र एमाले दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न पाउने गरी भएको सहमतिअनुसार नै उम्मेदवारी मनोनयन दर्ता गराइएको हो ।
खास गरेर मधेश प्रदेशलाई प्राथमिकतामा राखेर एमाले र जसपाबीच चुनावी तालमेल भएपनि १ नम्बर प्रदेशमा पनि तालमेल गरी केही सीटमा उम्मेदवारी दिइएको छ । मधेश प्रदेशको कुल ३२ सीट मध्ये १७ सीटमा जसपाले उम्मेदवारी मनोनयन गरेको छ । १४ सीटमा एमालेसँग तालमेल गरिएको छ भने ३ सीटमा एमाले र जसपाबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने गरी उम्मेदवारी मनोनयन गरिएको छ ।
एमालेले जसपासँग सहकार्य गरेको भएपनि प्रभु साह फ्याक्टरले एमालेलाई अवरोध गरिरहेको छ । करिब करिब मधेश प्रदेशमै एमालेको टिकट कब्जा गरेर फरार रहेका साहले आफू र आफू लगायतका धेरै नेताहरुलाई स्वतन्त्र उम्मेदवारी दिन लगाई विद्रोह गरेका थिए । मधेश प्रदेशको कुल ६४ सीट मध्ये ३६ सीटमा जसपाले उम्मेदवारी दिएको छ अन्य स्थानमा एमालेसँग सहकार्य गरेको छ ।
सत्ता गठबन्धन छाडेर प्रतिपक्षी गठबन्धनमा जसपा सहभागी हुनु जसपाका लागि घाटाको निर्णय भएको कतिपयको विश्लेषण छ । सत्ता गठबन्धनमा हुँदा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको मत पाएर जसपाले पाउने सीटमा लगभग जीत निश्चित नै हुन्थ्यो । तर, नेकपा एमालेसँग मात्र गठबन्धन गरेर जाँदा पाँचदलीय गठबन्धनभन्दा बढी सीट जसपाले पाए पनि थोरैमा मात्र जित्न सक्ने कतिपयको विश्लेषण छ । एमालेसँग गठबन्धन भएपछि १६५ सीट मध्ये ३५ सीटमा जसपाले एमालेलाई मतदान गर्नेछ ।
जसपालाई साथमा लिएपछि एमालेलाई प्रभु साहको प्याक्टर वेफाईदा भएको छ । नेकपा एमाले जसरी पनि पाँचदलीय सत्ता गठबन्धनलाई भत्काउन चाहन्थ्यो, त्यसमा एमालेले सफलता पाएको छ । अर्कातर्फ जसपाले १ नम्बरमा पनि सीट खोजेको थियो । जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईको संसदीय क्षेत्र १ नम्बर प्रदेशमा हुनुका साथै उपेन्द्रजीको घर पनि विराटनगर रहेकाले मोरङ र सुनसरीमा उपेन्द्र यादवले सिट पाएका छन् । अर्कातर्फ सुनसरीमा अशोक राईको क्षेत्रमा पनि पकड जमाउन जसपा सफल भएको बताइएपनि त्यहाँ जसपाले चुनाव जित्ने संभावना निकै कम रहेको नेताहरुको दावी रहेको छ ।
धरानवरपर कांग्रेसभन्दा पनि एमालेसँगको तालमेल जसपाका लागि बढी सुरक्षित महसुस गरेपनि एमाले त्यहाँ असन्तुष्ट रहेको छ । उपेन्द्रको मुख्य प्राथमिकता मधेश प्रदेश हो । त्यहाँ सत्ता गठबन्धनले प्रदेश सभाको ६४ सीट मध्ये बढीमा २० देखि २२ सीट मात्र दिन चाहेको थियो । तर त्यहाँ एमालेले धेरै सिट दियो । अहिले दुवै पक्षको गठबन्धनबाट एमाले डबल डिजिटमा चुनाव जित्न चाहन्छ भने जसपा पनि एमालेको साथबाट आफूलाई मधेशमा पहिलो दलको रुपमा कायम गर्न चाहन्छ । मधेशमा जसपा नै बलियो रहेको कारण एमालेले पनि जसपासँगको सहकार्यलाई सहज लिएको छ । एमालेले डबल डिजिटको फाइदा लिन खोजेपनि प्रभू साहको स्वतन्त्र उम्मेदवारीले एमालेलाई धक्का लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार