संयुक्त राष्ट्रसंघको महासभामा नेपालले गर्यो युक्रेनको पक्षमा मतदान
नेपालबहस संवाददाता
असोज २७, २०७९ बिहिबार १५:१७:४०
२७ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार राती भएको मतदानमा १४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् ।
नेपालले युक्रेनको चार वटा क्षेत्रलाई आफ्नो भूभागमा गाभ्ने रुसी प्रयासको निन्दा गर्दै युक्रेनका पक्षमा मतदान गरेको हो । सो प्रस्तावमा रुसले गरेको कुनै पनि विलयलाई मान्यता नदिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिँदै तत्काल ती भूभागहरु फिर्ता गर्न माग गरिएको छ । सो प्रस्तावमा जारी द्वन्द्व वार्ताको माध्यमबाट समाधान गर्ने प्रयासलाई दृढ समर्थन गर्ने रहने उल्लेख छ ।
भारत र चीनसहितका ३५ वटा देशले मतदान प्रतिक्रियामा सहभागी भएनन भने ५ वटा देशले विपक्षमा मत दिएका थिए । रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले विपक्षमा मतदान गरेका थिए । प्रस्ताव प्रतिकात्मक भएपनि युक्रेनमाथि रुसले गरेको आक्रमणपछि त्यस सम्बन्धमा भएका मतदानमा सबैभन्दा बढी मत परेको हो ।
राष्ट्रसंघको ११ औं विशेष सत्रलाई सम्बोधन गर्दै नेपालका स्थायी प्रतिनिधि अमृत राईले राष्ट्र संघको बडापत्रले स्थापना गरेको सिद्धान्तहरु सार्वभौमिकता, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र अनाक्रमता उल्लंघन हुननसक्ने बताएका छन् ।
युक्रेनको सन्दर्भमा नेपालको धारणा स्पष्ट रहेको भन्दै राष्ट्र संघको बडापत्रले सुनिश्चित गरेको सार्वभौमिकता, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता, अनाक्रमता उल्लंघन हुनसक्दैन र सबै देशले त्यसलाई सधै सम्मान गर्नुपर्छ भन्ने पक्षमा नेपाल रहेको बताएका छन् । राईले शान्तिपूर्ण सहअस्तित्व, अनाक्रमता, अहस्तक्षेप, सार्वभौमिताको सम्मान, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता नेपालको विदेश नीतिको आधारभूत सिद्धान्तहरु भएको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
समुद्री मार्गपछि सिधा हवाई उडान सुरु गर्ने योजना बनाउँदै बङ्गलादेश र पाकिस्तान
माघ १४, २०८१ सोमबार
थप छ बन्धक रिहाइका लागि सहमतिपछि विस्थापित प्यालेस्टिनी उत्तरी गाजातर्फ फर्के
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार