जसपाका मन्त्री हटाउन प्रधानमन्त्रीको आनाकानी, बखास्तीबारे छलफल हुँदै
नेपालबहस संवाददाता
असोज २७, २०७९ बिहिबार १८:१०:५३
२७ असोज, काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट बाहिरिएर जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसँग चुनावी तालमेल गर्न पुगेपछि सत्तामा रहेका उसका मन्त्री हटाउनुपर्ने नैतिक दवाव प्रधानमन्त्री शेरबहादुर देउवामाथि परिरहेको छ ।
गठबन्धमा रहेका अन्य दलहरुले जसपाका मन्त्री हटाउने विषयलाई प्राथमिकता राखेपनि यसको अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्रीमा रहेको बताइरहेका छन् । यद्यपी सत्ता गठबन्धनबाटै जसपा बाहिरिएपछि उसका मन्त्री सरकारमा बसिरहुन वा राखिरहनु उपयुक्त नहुने दवाव प्रधानमन्त्री देउवामाथि परेको छ । यस विषयमा गठबन्धनभित्र छलफल भएपनि निष्कर्ष भने आएको छैन् ।
उनीहरुलाई सत्तामा राखिरहँदा आगामी मंसिर ४ को निर्वाचनमा सरकारी साधन र स्रोतको व्यपक दुरुपयोग हुने सम्भाना बढाउँछ । जसपा नै सरकार नभएपछि उनीहरु आफैले राजीनामा दिनुपर्ने हो । प्रधानमन्त्री देउवा पनि उनीहरु आफैबाट राजीनामा आउने अपेक्षामा बसेको बताइएको छ ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव रहेका छन् । उनीहरूलाई जसपाले गत असारमा सरकारमा पठाएको थियो ।
उनीहरुले आफै राजीनामा नदिए प्रधानमन्त्री देउवाले जसपाका मन्त्री हटाउने वा विना विभागीय बनाउने भन्नेबारे आफू निकट कानुन व्यवसायीहरूसँग समेत छलफल गरेको बालुवाटार स्रोतका अनुसार तत्काल मन्त्रीबाट हटाउँदा त्यसको असर आगामी निर्वाचनमा पर्न सक्ने भन्दै प्रधानमन्त्री आनाकानी गरिरहेका छन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जसपाले मागेजति सिट नदिएको भन्दै अन्तिम अवस्थामा एमालेसँग चुनावी तालमेल गरेको थियो ।
जसपाका मन्त्रीलाई तत्काल हटाउँदा आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारको मतमा प्रभाव पार्न सक्ने आंकल देउवाको छ । यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादवकाबीच पनि छलफल नभएको बताइएको छ । स्रोतका आनुसार उनीहरुले राजीनामा नदिए हटाउने भन्दा पनि विनाविभागिय बनाएर राख्ने सोचमा प्रधानमन्त्री देउमा रहेका छन् ।
प्रधानमन्त्री देउवाले जसपाका चार मन्त्रीलाई बर्खास्त गर्ने सोच पनि बताएको स्रोतको भनाइ छ । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकअगाडि नै यस विषयमा टुंगो लगाउने प्रधानमन्त्रीको तयारी छ । यस विषयमा गठबन्धन दलका नेतासँग पनि छलफल हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार