चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु
नेपालबहस संवाददाता
असोज २७, २०७९ बिहिबार १८:१७:२९
२७ असोज, काठमाडौं । ऐतिहासिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूले यो चलचित्रलाई कर छुट प्रदान गर्न पहल सुरु गरेको बताए ।
‘बुधबार सञ्चार सचिव डा। बैकुण्ठ अर्यालसँगको भेटमा नालापानीलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छु । सचिवले तुरुन्तै अर्थ मन्त्रालयमा पत्राचार गर्नुभएको छ,’ केसीले भने, ‘नेपालको गौरवगाथा बोकेको यो चलचित्र नेपालको ऐतिहासिक विषयमा बनेको हुँदा र चलचित्र विकास बोर्डले विशेष चलचित्र घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरिसकेकाले पनि कर छुटको लागि योग्य छ भनेर मैले पहल सुरु गरेको हुँ । यति मात्रै नभएर हलमा देखाइने विज्ञापनलगायतमा पनि मैले सहजीकरणका लागि पहल गरिरहेको छु ।’
नालापानीका निर्माता तथा निर्देशक रिमेश अधिकारीले ढिलै भए पनि राज्यले सुविधा दिन खोजेकोमा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘हिजो सञ्चार मन्त्रालयका सचिव, उपसचिव, सहसचिव र चलचित्र विकास बोर्डका अध्यक्षसहितको बैठकमा यो चलचित्रलाई सुविधा प्रदान गर्ने विषयमा गहन छलफल भयो । सचिवले विज्ञापनका लागि विभिन्न निकायमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले स्थानीयसहितका विभिन्न कर छुटका लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्न पत्राचार गर्नुभएको छ । यस बिषयमा बोर्ड अध्यक्ष भुवन केसीले देखाउनुभएको अग्रसरताबाट म खुसी छु ।’
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ निर्माण भएको हो । यसमा वीर योद्धा कुँवर र उनका ६ सय सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त देखाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार