१० वर्षदेखि अलपत्र फोक्सिनटार पुलमा कात्तिक मसान्तभित्रै पुलबाटै गाडी चलाउन पाइने
नेपालबहस संवाददाता
असोज २७, २०७९ बिहिबार २०:२:३५
२७ असोज, उदयपुर । नेपालको दोस्रो आर्क ब्रिज उदयपुर-खोटाङ जोड्ने फोक्सिन्टारमा निर्माणाधीन पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । १० वर्षअघि नै निर्माण सुरू भए पनि विभन्न कारणले पटक पटक अलपत्र पर्दै आएको यो पुल यस वर्ष भने पूरा हुने चरणमा छ ।
पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले चार वर्ष काम नै नगरी अलपत्र छाडेको थियो । तर, पुल पछिल्लो समय भने द्रुत गतिमा काम गरेपछि उदयपुर-खोटाङ जोडिएको हो । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल सडकमा पर्ने सुनकोशी नदीको पक्की पुल निर्माणको म्याद चौथो पटक थपिएपछि निर्माण सम्पन्न हुन लागेको हो ।
गाईघाट–दिक्तेल सडकको उदयपुरतर्फ रौतामाई गाउँपालिका– ५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका– ९ बीचको फोक्सिन्टारमा निर्माणाधीन पुल २२ चैत ०७५ मा सम्पन्न गर्नेगरी ३० चैत ०६९ मा ठेक्का सम्झौता भएको थियो ।
एक सय २० मिटर लामो यो पुल निर्माणको जिम्मा गौरी-पार्वती र वाईपी जेबीले लिएको थियो । पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानले सो पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको छ । अलपत्र अवस्थामा रहेको आर्क डिजाइनको पुल २६ असोजको मध्यरात सम्ममा पुलको स्ल्याब ढकान सकिएको पुल योजना पुर्वी क्षेत्र सेक्टर नम्बर १ धरानका डिभिजन इन्जिनियर नितेस झाको भनाइ छ ।
उनको भनाइअनुसार इन्जिनियर अजयकुमार साहको रेखदेखमा प्राविधिकसहितको टोलीले पुलको स्ल्याब ढलान गरेको र बुधवार अबेर राति काम सकेर कात्तिक मसान्तसम्ममा पुलबाट गाडी चलाउन मिल्ने झाको भनाइ छ । बिहीवार सम्ममा ९० प्रतिशत काम सम्पन्न हुने डिई झाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार