सर्लाही २ मा यादवलाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति लोसपाको आपत्ति
नेपालबहस संवाददाता
असोज २७, २०७९ बिहिबार २१:१:४४
२७ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका उम्मेदवार महेन्द्र राय यादवलाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति आपत्ति जनाएको छ । सत्ता गठबन्धनका चार घटकले केही उम्मेदवारको प्रष्टीकरण गर्ने उद्देश्यले बुधबार जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको लोसपाले जनाएको छ ।
सत्ता गठबन्धनको उक्त विज्ञप्ति कांग्रेस सभापति शेरबहादुर देउवासँग २२ असोजमा भएको सहमतिविपरीत रहेको लोसपाको ठहर छ । लोसपाले सर्लाही २ मा मित्रवत प्रतिष्पर्धा गर्ने, सर्लाही २ (क) मा कांग्रेसको उम्मेदवार हुने तथा सर्लाही २ (ख), सर्लाही १ (क), महोत्तरी १ (क) र महोत्तरी २ (क) मा लोसपाको उम्मेदवार हुने सहमति भएको प्रस्ट पारेको छ ।
बुधबार कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति जारी गर्दै सर्लाही २ मा गठबन्धनका महेन्द्र राय यादव साझा उम्मेदवार रहेका जनाएका थिए । यादव माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर उठेका छन् । सोही कारण प्रचण्डको दबाबमा बुधबार सत्ता गठबन्धनले विज्ञप्ति निकालेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार