असोजभित्र उम्मेदवारी निष्क्रिय बनाए कारवाही फुकुवाः कांग्रेस
नेपालबहस संवाददाता
असोज २७, २०७९ बिहिबार २२:३:२
२७ असोज, काठमाडौं । नेपाली कांग्रेसले पाँच वर्षे कारवाहीमा परेकाहरुलाई निर्णयमा पुनर्विचार गरी निर्णय सच्याउन असोज ३१ गते सम्मको समय दिएको छ । यो समयभित्र उम्मेदवारी फिर्ता नलिएकाहरु त्यसलाई निष्क्रिय बनाए उनीहरुमाथि लगाइएको पाँच वर्षे कारवाही फुकुवा हुने जनाएको छ ।
कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गर्दै समय दिइएको हो । कांग्रेसले बुधबार विज्ञप्ति जारी गरी सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गरेको बताएको थियो । यदि ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाएमा कारबाही फुकुवा हुने काग्रेसले जनाएको छ ।
बिहीबार जारी विज्ञप्तिमा तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय बनाउन भनिएको छ ।
असोज ३१ भित्र बागीले उम्मेदवारी निष्क्रिय बनाएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याइ फुकुवा गर्ने भनिएको छ । बागीले आफ्ना उम्मेदवारी निष्क्रिय नबनाएको खण्डमा पाँच वर्षे कारवाही यथावत रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार
तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै
पुष २९, २०८१ सोमबार