नेप्सेमा झिनो सुधार, कारोबारका आधारमा नबिल बैंक पहिलो
नेपालबहस संवाददाता
असोज २७, २०७९ बिहिबार २२:२१:४९
२७ असोज, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १५ अंकले उकालो लागेर एक हजार आठ सय ७० दशमलव ६३ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९५ अंकले उकालो लागेर तीन सय ६७ दशमलव १४ मा पुगेको छ । कुल दुई सय २२ कम्पनीको २६ लाख ९८ हजार तीन सय ४७ कित्ता शेयर रु ८२ करोड ९६ लाख ४६ हजार नौ सय २० मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका १३ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट देखिएको छ । अरु सबै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ८८ अर्ब ६६ करोड ९० लाख ९४ हजार सात सय ८९ बराबर कायम भएको छ ।
कारोबारका आधारमा नबिल बैंक शीर्षस्थानमा छ । सो बैंकको रु तीन करोड ४० लाख ३५ हजार दुई सय बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड २७ लाख २६ हजार एक सय ६५, शिवम् सिमेन्ट रु दुई करोड ९१ लाख १७ हजार एक सय नौ, रिडीपावर कम्पनी रु दुई करोड ८३ लाख ६६ हजार आठ सय ६३ र हिमालयन डिस्टिलरी रु दुई करोड ८२ लाख ३६ हजार तीन सय छ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भइ सकारात्मक सर्किट लागेको छ । रुरु जलविद्युत् परियोजना आठ दशमलव १४, सामुदायिक लघुवित्त पाँच दशमलव १६, शिवम् सिमेन्ट तीन दशमलव १७ र सबैको लघुवित्तका लगानीकर्ताले तीन दशमलव ६३ प्रतिशतले कमाएका छन् ।
त्यस्तै सिटिजन म्युचुअल फण्ड दोस्रो चार दशमलव ४५, एभरेष्ट बैंक तीन दशमलव ८३, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र तीन दशमलव ४७, ग्लोबल आइएमई समुन्नत कोष पहिलो तीन दशमलव ४६ र गणपति लघुवित्तका लगानीकर्ताले तीन दशमलव १९ प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
मंसिर १०, २०८१ सोमबार