त्रिशूली जलविद्युतको आईपीओमा १३ करोड ६६ लाख संकलन

नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार १९:१:२४

२८ असोज, काठमाडौं । त्रिशूली जलविद्युत कम्पनीको आईपीओको बाँकी रकम शुक्रबार सम्म ६६ हजार ५८० जनाले चुक्ता गरेका छन् । शुक्रबार बिहानसम्म ६६ हजार ५८० जनाले १५ लाख ७० हजार ९६५ कित्ता शेयरका लागि १३ करोड ६६ लाख ७३ हजार ९५५ रुपैयाँ चुक्ता गरेका छन् । त्रिशूलीले ४ असोजदेखि आफ्ना सेयरधनीहरूलाई चुक्ता हुन बाँकी रकम जम्मा गर्न आग्रह गरेको हो ।
त्रिशूलीको आईपीओ ७ चैत ०७५ चैतमा खुलेको थियो । त्यसबेला कम्पनीले जारी पुँजी दुई अर्ब ४७ करोड रुपैयाँको १५५ अर्थात् ३७ करोड पाँच लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । उक्त शेयरमा अंकित मूल्यको १०५ का दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका शेयरधनीहरूलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँ भुक्तानी गर्न भनेको हो ।
कम्पनीले शेयरधनीहरूलाई १७ कात्तिकसम्ममा सो रकम भुक्तानी गर्न आग्रह गरेको छ । ९० रुपैयाँमध्ये शेयरधनीहरूले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ । रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज प्राप्त हुने भएकाले ८७ रुपैयाँ बुझाए हुने कम्पनीले जनाएको छ । आयोजनाको शेयर १४ चैत ०७५ बाँडफाँट भएको थियो । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत उक्त रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँट गरिने
फागुन १२, २०८१ सोमबार
‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय फागुन २० गतेसम्म लम्बियो
फागुन ११, २०८१ आइतबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार