कांग्रेस नेतृत्वमा सरकार आएपछि पाँच वर्षमा धरै ठूलो परिवर्तन ल्याउँछः वरिष्ठ नेता पौडेल
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार १९:४:४५
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सत्तामा नपुगेसम्म देशको ग्रामिण क्षेत्रको विकासमा परिवर्तन नआउने बताएका छन् । उनले शहर बनाएर मात्र देश नबन्न भन्दै देश बनाउन ग्रामिण विकास आवस्यक रहेको बताएका छन् ।
चुनाव प्रचार अभियान अन्तर्गत कार्यकर्ता भटघाटका लागि तनहुँ पुगेका पौडेलले अहिलेको अस्थिर राजनीतिक अवस्थालाई पार लगाएर स्थिर सरकार बनाएर काम गर्न जनताले कांग्रेसलाई साथ दिनुपर्ने बताए । उनले कांग्रेसले विगतमा सरकारको नेतृत्व गरेपनि विभिन्न अवरोध र राजनीतिक लडाइले गर्दा काम गर्न नपिाएको बताए ।
पौडेलले देशको आर्थिक विकासका लागि राजनीतिक स्थिरता र सुशासन कायम गर्न आवस्यक हुने बताए । उनले ओली नेतृत्वको सरकारले देशमा अस्थिरता मच्चाएर राज्य व्यवस्थालाई नै धरापमा पुर्याएकाले यसबाट देशलाई बचाउन वर्तमान गठबन्धन बनेको बताए । उनले देशलाई अस्थिरताबाट स्थिरतातर्फ ल्याउनका लागि सत्ता गठबन्धन क्रियाशील रहेको दावी गरे ।
वरिष्ठ नेता पौडेलले २०७४ मा जनताले कम्युनिष्टहरुलाई त्यति ठूलो बहुमत दिँदा पनि देशमा कुनै काम हुन नसकेको उल्लेख गरे । उनले दुइतिहाई नजिक भोट पाएका कम्युनिष्टको नेतृत्व गरेका केपी शर्मा ओलीले सरकार चलाउन नसकेको भन्दै अब पनि कम्युनिष्टलाई भोट दिए देश धरापमा पर्ने दावी गरे ।
उनले गाउँमै रोजगारी र गाउँमै आम्दानी सिर्जना हुने वातावरण बनाउने अभियानमा कांग्रेस सरकार लाग्ने र आफूले सोही लक्ष्य लिएर राजनीति सुरु गरेको बताए । गाउँमा सुविधा र रोजगारीको अवसर नभएपछि मानिस सहर झरेको भन्दै पौडेलले अहिले गाउँमा सबै सुविधा पुगिसकेकाले अब आम्दानी र रोजगारीको अवसर पनि कांग्रेसले दिने बताए ।
तनहुँले विकासमा काँचुली फेर्ने जिकिर गर्दै वरिष्ठ नेता पौडेलले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि यो समयमा मात्र तनहुँमा दुई अर्बभन्दा बढी बजेट आएको र यसले निरन्तरता पनि पाउने उल्लेख गरे । सडक, पुल, खानेपानीको विकासले तीव्रता पाएको र कृषि तथा पर्यटनमा पनि क्रान्ति हुँदै गएको उनको भनाई थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार