नेपाली कांग्रेसका तीन मन्त्रीलाई मुख्यमन्त्री राउतले गरे बर्खास्त
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार २०:४:३०
२८ असोज, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । उनले संघीय सरकारले आफ्नो पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरेको बदलामा मधेश प्रदेश सरकारमा रहेका कांग्रेसका तीन मन्त्रीलाई बखास्त गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीहरूलाई हटाएका थिए । यसको बदलामा राउतले प्रदेश सरकारमा रहेका कांग्रेसका तीनजना मन्त्रीलाई शुक्रबार हटाएका हुन् ।
प्रदेश सरकारमा कांग्रेसका रामसरोज यादव भौतिक पूर्वाधार तथा यातायात, वीरेन्द्र सिंह महिला बालबालिका तथा खेलकुद र ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा मन्त्री थिए । मुख्यमन्त्री राउतले बिहीबार बेलुका नै तीनै जनालाई फोन गरी राजीनामा गर्न आग्रह गरे पनि नमानेपछि तीनै जनालाई बर्खास्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
तीनै जनालाई पदमुक्त गरिएको पत्र मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई पठाएपछि उनीहरु बर्खास्तमा परेका हुन् । रिक्त भएका तीनै मन्त्रालय अब मुख्यमन्त्रीले आफैंले सम्हाल्ने भएका छन् । सत्ता गठबन्धनकै अरू दुई घटक नेकपा (एकीकृत समाजवादी) र माओवादीका मन्त्रीलाई भने मुख्यमन्त्री राउतले निरन्तरता दिएका छन् ।
मधेस प्रदेशमा जसपा‚ नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार थियो । जसपा विभाजित भएपछि लोकतान्त्रिक समाजवादी पार्टी रोजेका मन्त्रीहरूलाई हटाएर यी दलहरूलाई पालैपालो मुख्यमन्त्री राउतले प्रदेश सरकारमा सामेल गराएका थिए ।
माओवादी केन्द्रका तर्फबाट भरतप्रसाद साह गृह तथा सञ्चार मन्त्री र रूबी कर्ण राज्यमन्त्री छन् । त्यसैगरी एकीकृत समाजवादीका तर्फबाट शत्रुधन महतो उद्योग‚ वन‚ पर्यटन तथा वातावरण र प्रमोद यादव प्रदेश सभा तथा कानुन मन्त्री छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार