नेकपा एमालेबाट निकालिए स्थायी कमिटी सदस्य प्रभु साह
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार २१:५४:४६
२८ असोज रौतहट । पार्टीभित्र विवाद चर्कदै गएपछि नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका सहइन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीले साहसहित रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दन कुस्वाहालाई समेत पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको जनाएका छन् । एमालेले प्रतिनिधिसभाको उम्मेदवारका लागि साहलाई टिकट दिएर पठाएको थियो । तर, साहले एमालेको टिक खल्तिमै राखेर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । यसपछि विवाद सुरु भएको थियो ।
महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा उनीहरू पार्टी विरोधी क्रियाकलापमा संलग्न रहेकाले पार्टीको सदस्यता समेतबाट निष्कासन गरिएको उल्लेख गरिएको छ । यस्तै रौतहट जिल्ला इन्चार्जको जिम्मेवारी पार्टीका सह इन्चार्ज उद्वव रेग्मीलाई दिइएको छ । आफुले पाएको जिम्मेवारी सफलता पूर्वकसम्पादन गर्न महासचिव पोख्रेलले आग्रह गरेका छन् ।
यसैगरी, एमालेको रौतहट जिल्ला कमिटी विघटन भएको छ । एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले शुक्रबार रौतहटमा त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन गरेका छन । प्रदेश अध्यक्ष यादवले दीपक राय यादवलाई जानकारी पत्र दिँदै जिल्ला कमिटी विघटन भएको जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार