कर्णाली नदी नियन्त्रणका आयोजनाका लागी ५० करोड
नेपालबहस संवाददाता
असोज २९, २०७९ शनिबार १८:१९:३५
♦ दीपक शर्मा
२९ असोज, बर्दिया । कर्णाली नदी व्यवस्थापन आयोजना राजापुर बर्दियाको लागी ५० करोड रुपैया अर्थ मन्त्रालयले प्रदान गर्ने भएको छ ।बर्दियाको पश्चिम भाग कैलाली संग सिमा जोडिएको कर्णाली नदीको तटबन्ध गर्नका लागी सो रकम विनियोजन गरिएको बताइएको छ ।
सो रकमको लागी नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य सुरेश पन्थ तथा राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुको पहलमा सो रकम अर्थ मन्त्रालयले स्वीकृत गरेको जनाइएको छ ।
१ अर्व १४ करोड ६२ लाख ६३ हजारको बजेट माग भए अनुसार ५० करोड बरावरको स्रोत सहमती प्रदान गरेको हो । असोज ४ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार सो निर्णय गरिएको बताइएको छ । स्थानिय समाजसेवी तथा नेकपा माओवादी केन्द्रका मधुवन नगर इन्चार्ज एंव लुम्विनी प्रदेश कमिटि सदस्य सुरेश पन्थ र राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुको सक्रियतामा सो बजेट निकासा गर्न सफल भएको बताइएको छ ।
सोझै अर्थ मन्त्रालयबाट स्रोतको सुनिश्चित गरेर बजेट निकासा हुने यसबाट नदि नियन्त्रणमा केहि राहत हुने पन्थले बताए । राजापुर क्षेत्रमा वर्षेनि बाढिका कारण मानविय तथा जमिनको कटान हुदै आएको छ ।
नेपाल सरकारले कर्णाली नदी नियन्त्रणका लागी कर्णाली नदी नियन्त्रण आयोजना नै संचालनमा ल्याएको छ । वर्षेनि आउने बाढिका कारण क्षति बढदै गएको सो क्षेत्रमा तटबन्ध हुदै गएका कारण मानविय तथा भौतिक संरचनाको क्षति कम हुदै गएको छ । कर्णाली नदी नियन्त्रण आयोजनाकानिर्देशक एव आयोजना प्रमुख शुसील चन्द देवकोटाले काम गर्नका लागी बाटो खुलेको बताउदै यसले केहि हद सम्म काम हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार