झापा क्षेत्र नं. ५ मा चमत्कारिक परिवर्तन हुँदै, ओलीलाई चुनाव जित्न फलामको च्यूरा
यज्ञप्रसाद भट्टराई
असोज ३०, २०७९ आइतबार १७:२०:२०
३० असाेज, दमक । अहिले देशैभरी राजनीतिक चहलपहल ह्वात्तै बढीरहेको अवस्थामा देखिएको छ । प्राकृतिक रुपमा परिवर्तन हुने मौसम बिस्तारै चिसिँदै जाँदा राजनीतिक सरगर्मी भने झनै बढदै जान थालेको छ । राजनीतिक दलहरुले निर्वाचन आयोगमा मनोनयन दर्तासहित उम्मेद्धवारीको टुंगो लगाएपछि अब मुलुक मंसिर ४ गते सम्पन्न हुन गैरहेको संघीय तथा प्रदेश निर्वाचनतर्फ मोडिएको छ ।
देशको राजनीतिले सिंगो देश र जनताको आशा र भरोसा बोकेको हुन्छ । किनभने त्यही राजनीतिक ब्यवस्थाका लागि नागरिकहरुले आफ्नो श्रम, सम्पत्ति र शरिर समेत अर्पण गरेका हुन्छन् । बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक राज्य ब्यवस्थामा जनता सर्बोपरी हुन्छन् । जनताको अभिमत बिना कुनैपनि राजनीतिक दलहरु तथा स्वतन्त्र नागरिक समाजले समेत राज्य सञ्चालन गर्ने अवसर प्राप्त गर्न सक्दैनन् ।
अहिले नेपालको राजनीति अत्यन्तै प्रदूषित अवस्थामा रहेको छ । जनताहरु राजनैतिक दलहरुप्रति आक्रोशित बनिरहेका देखिन्छन् ।राजनैतिक दलहरुका नेताहरुप्रति हिजो सम्मानले जोडिएका हातहरुले आज कठालो समाउने अवस्थामा पुगेका छन् । निरन्तरको नेता मोटाउने र जनता उठनै नसक्ने गरी ऋणको भारले उठनै नसक्ने गरी अझै तलसम्म भासिने अवस्थाले मात्रै हैन आफुले खाँदै नखाएको र पाउँदै नपाएको बैदेशिक ऋणको भारीले समेत नेपाली जनतालाई थिचिरहेको अवस्था छ । राज्यका कुनै पनि निकायमा सरकारको उपस्थिति देखिदैन । सरकारी अड्डामा सरकार भन्दा पहिला बिचौलियाहरुको प्रवेश भएको देखिन्छ । राजनीतिक दलहरु पनि यिनै बिचौलियाहरुमार्फत सञ्चालन हुन थाल्नुले पनि आम नागरिकहरुमा राजनैतिक दलहरुप्रति बितृष्णा पैदा हुन थाल्नु स्वभाविकै मान्न सकिन्छ ।
झापा क्षेत्र नं. ५ राजनीतिक रुपमा अहिले मुलुककै चर्चाको शिखरमा छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीको गृहनगर रहेर मात्र नभई यसपटकको संघीय निर्वाचनमा स्वयं केपी ओली पनि यस क्षेत्रबाट संघीय सांसदको उम्मेद्धवार भएका कारण पनि यो क्षेत्र चर्चाको शिखरमा रहेको हो । मुलुकको दुईदुई पटक कार्यकारी प्रमूख प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरिसकेका ओलीले बिगतमा सरकारको नेतृत्वमा रहँदा के गरे ? के गरेनन ? भन्ने कुराले भन्दा पनि उनको राजनीतिक हठवादिता र एकलकाँटे निर्णयले मुलुक र नागरिकलाई कता र कसरी डोर्याउने अवस्था तिर धकेल्यौ ? भन्ने कुराले अहिले स्वयं नेकपा एमाले भित्रै पनि उनलाई हेर्ने दृष्टिकोणमा विविधता रहेको देखिन्छ । बिगतमा उनले गरेका हावादारी गफ र अनावश्यक उखानटुक्काका बिषयहरुले पनि अहिले निर्वाचनको मुखमा आएर उनैलाई अप्ठ्यारोमा पार्ने अस्त्रका रुपमा बिपक्षी दलहरुले प्रयोग गरिरहेको देखिन्छ ।
यता ५ राजनैतिक दलहरुको साझा गठबन्धनका उम्मेद्धवारहरुको चहल पनि उत्तिकै उत्साहपूर्ण रुपमा अगाडि बढीरहेको देखिन्छ । सिंगो झापा र बिशेषतः झापा क्षेत्र नं. ५ मा अत्यन्तै लोकप्रिय युवा नेताहरुको उम्मेद्धवारीले झापा क्षेत्र नं. ५ को निर्वाचनलाई झनै रोचक बनाएको छ । गठबन्धका तर्फबाट सघीय सांसदमा प्रा.डा. खगेन्द्र पाण्डव अधिकारी यसअघिको संघीय निर्वाचनमा ओलीसँग प्रतिस्पर्धामा निकटतम प्रतिद्धन्दी रहेका उम्मेद्धवार हुन । उनी आफैमा झापामा शैक्षिक, बौद्धिक र दुरदर्शी नेताका रुपमा चिनिन्छन् ।
त्यसैगरी क्षेत्र नं. ५ “क’ बाट प्रदेशसभामा गठबन्धनका तर्फबाट प्रत्यासी युवा नेता जीवन राई पनि उत्तिकै चर्तित उम्मेद्धवार रहेका छन् । गौरादह उद्योग बाणिज्य संघको अध्यक्ष समेत रहेका राई कार्यकर्ता पंतिमा मात्र नभई आम नागरिकहरुले समेत रुचाईएका नेता हुन । आदिवासी जनजातिहरुको अत्यधिक बाहुल्यता भएको झापा क्षेत्र नं. ५ मा जीवन राईको उम्मेद्धारीले गठबन्धनका दलहरुलाई बिजयी यात्रा अझ सहज बनाईदिएको अनुमान छ । अधिकारी र राई नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका उम्मेद्धवार रहेका छन् ।
त्यसैगरी झापा क्षेत्र नं. ५ “ख’ बाट गठबन्धनका प्रदेश सभासदमा उम्मेद्धवार गगन पुरीको उम्मेद्धवारी रहेको छ । कार्यकर्ता तहदेखि जिल्ला, प्रदेश र संघमा अत्यन्तै ठूलो पहुँच रहेका पुरी नेकपा माओवादी केन्द्रका प्रदेश नं. १ का प्रदेश कमिटी कोषाध्यक्ष समेत रहेका छन । गगन पुरी आफैमा संघीय संसदमा केपी ओलीसँग प्रतिस्पर्धा गर्न सक्ने मात्र हैन यसपटक निर्वाचन जित्न समेत सक्ने क्षमता राख्ने नेता भएका कारण पनि उनको गठबन्धनबाट भएको प्रदेश सभासदको उम्मेद्धवारीले गठबन्धनका अन्य दलहरुलाई समेत जीत हात पार्न सहज भएको छ ।
समग्र क्षेत्र नं. ५ को बिकासमा बिगत १५ बर्षदेखि निरन्तर कृयाशिल पुरीले ओलीले भन्दा बढी बिकास र समृद्धिका योजना झापामा भित्र्याएका छन् । अत्यन्तै साहसी र देश बिकासको काममा दृढ रहेका गगन पुरीले गठबन्धनले निर्वाचन जितेमा शिक्षा र स्वास्थ्यलाई पूर्ण रुपमा निशुल्क बनाउने प्रतिबद्धता समेत गरेका छन् । जनताका प्रतिनिधि भएपछि तलब भत्ता खाने मालिक हैन, जनताको सेवा गर्ने सेवक हुनुपर्छ भन्ने मान्यता राख्ने पुरीको उम्मेद्धवारीले क्षेत्र नं. ५ को सिंगो गठबन्धन हौसिएको छ । अत्यन्तै धेरै जनउभार गठबन्धनका पक्षमा देखिएको र स्वयं नेकपा एमाले भित्र ओलीलाई आउन सक्ने मत बाडिन सक्ने अनुमान भैरहेका बेला यसपटक तीनै जना गठबन्धनका युवा उम्मेद्धवारहरुले झापा क्षेत्र नं. ५ को नेतृत्व हात पार्ने अवस्था देखिदैछ ।
यसले झापा क्षेत्र नं. ५ मा यसपटक चमत्कारिक परिणाम आउन सक्ने अनुमान गरिदैछ । प्रजातन्त्र प्राप्तिपछिको यत्तिका बर्ष एकछत्र नेतृत्वमा रहेका ओलीलाई यसपटक झापा क्षेत्र नं. ५ ले राजनीतिक नेतृत्वबाट ससम्मान बिदाईको माला पहिर्याउने अवस्था समेत स्पष्ट रुपमा देखिदैछ । बिगतमा स्वतन्त्र उम्मेद्धवारहरुले केही स्थानमा बिजय हाँसिल गरेका कारण हौसिएका केही उम्मेद्धवारहरुले स्वतन्त्र उम्मेद्धार दर्ता गराए पनि स्वतन्त्र उम्मेद्धवारहरुको संख्या अत्यधिक रहेका कारण यस क्षेत्रमा स्वतन्त्र उम्मेद्धवारहरुले कुनै त्यस्तो मत काटन सक्ने अवस्था समेत रहेको देखिदैन ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार