पार्लियामेन्ट पागलहरुको बस्ती नबनोस्
यज्ञप्रसाद भट्टराई
असोज ३०, २०७९ आइतबार १७:२४:७
पार्लियामेन्ट पागलहरुको बस्ती नबनोस्
जनताका प्रतिनिधिलाई कसैले भ्रष्ट नभनोस्
दुर्गन्धित छन् शहर अनि गाउँका ती गल्लिहरु
नेतालाई थर्ड क्लासको मान्छे भित्र नगनोस् ।
बिरक्त छन् जनताका मरिसके आशाहरु
आँसुसँगै साटिएका निमुखाका गाँसहरु
बिर्सिएका छैनन् हिजो मारिएका लाशहरु
आधा रातमा घर छोडदा आफन्तका साथहरु
किन ढले बिश्वासका गगनचुम्बी महलहरु ?
किन बले अनायासै आस्थाका ती शहरहरु ?
फर्किएर हेर्दा मात्रै मुटु ढुक्क हुने गरि
अझै कति पिउनु पर्छ अभावका जहरहरु ?
गाउँ जान सक्दिन म टुहुराका रोदनहरु
जताततै अशक्त कल्पनाका ती रहरहरु
छताछुल्ल पोखिएर बलेँसीका छातीभरी
सिरानीमा लुकाएका आशाका ती प्रहरहरु
मैले खन्या बाटो अचेल बाघ हिड्न थालेको छ
खसी बाँध्ने टाट्ना भित्र भोटे कुकुर पालेको छ
चुनाव जित्न शहरबाट नेता झर्न थालेपछि
बिकासको च्याखे थाप्न डोजर चल्न थालेको छ
गाँउ खाली गराई नेता शहर बस्न थालेपछि
देश बिकास गर्न छाडी द्रव्यमोह पालेपछि
गाउँ अनि शहर भरी जनताको एउटै लक्ष्य
यसपटक गाउँकै ठिटो अब सिंहदरबार पस्छ ।
नेता फाल्ने डोको बन्न थालिसके पाकाहरु
अझै पनि फकाउँदैछन् जनतालाई डाँकाहरु
कठबाँसको सिङ्गो झ्याङ्ग सितै दिए ठुल्वावुले
भ्रष्टका ती ढाढ सेक्न खिप्तैछन् ती काकाहरु
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपचन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार
रूकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
माघ ८, २०८१ मंगलबार
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
माघ ८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार