पिपुल्स पावरको शेयर नेप्सेमा सूचीकृत
नेपालबहस संवाददाता
असोज ३०, २०७९ आइतबार १७:२५:५४
३० असोज, काठमाडौं । पिपुल्स पावर लिमिटेड ९पिपिएल०को ६३ लाख २६ हजार कित्ता नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’मा सूचीकृत भएको छ । खुर्सानीटार प्रधान कार्यालय रहेको पिपुल्स पावरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
बिहीबार कम्पनी र नेप्सेबीच शेयर सूचीकरणका लागि सम्झौता भएको हो । कम्पनीकोे प्राथमिक शेयर निष्काशन कार्य प्रभु क्यापिटल लिमिटेडमार्फत शेयर बिक्री खुल्ला भएको थियो ।
उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा वितरण गरिएको ६ लाख ३२ हजार ६०० कित्ता ‘१० प्रतिशत’, सर्वसाधारण लगानीकर्ता शेयरधनीहरूमा वितरण गरिएको ‘सामूहिक लगानी कोष र कर्मचारीहरूसमेत’ २४ लाख ६७ हजार ४०० ‘३९ प्रतिशत’ र कम्पनीका संस्थापकहरूले लगानी गरेको ३२ लाख २६ हजार कित्ता ‘५१ प्रतिशत’ शेयरसमेत गरी जम्मा ६३ लाख २६ हजार कित्ता साधारण शेयर वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असोज २६ गतेको निर्णयानुसार नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त शेयर रजिष्ट्रारको रूपमा प्रभु क्यापिटललाई चयन गरेको छ । शेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभाशं तथा बोनस हितग्राहीको खातामा जम्मा गर्ने, शेयर रोक्का लगायत शेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने कार्यहरू गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार