प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
असोज ३०, २०७९ आइतबार १७:३३:५८
३० असोज, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमानेपाल धितोपत्रबोर्ड तथा काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको समन्वयमा प्रभु क्यापिटलले जिल्ला अदालत बार एसोसिएसनको कार्यसमिति तथा अन्य सदस्य अधिवक्ताहरूलाई १ दिने तालिम कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको हाे ।
कार्यक्रम नेपाल हाउस रेष्टुरेन्ट, हात्तीसार, काठमाडौंमा शुक्रबार सम्पन्न भएको कम्पनीले जनाएको छ । धितोपत्र बजारमा लगानी गर्दा हुने जोखिम व्यवस्थापनको विषय तथा धितोपत्रबजारमा संलग्न विभिन्न पक्षले पालना गर्नुपर्ने नीति नियमप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सेक्युरिटी रिक्स म्यानेजमेन्ट एन्ड लिगल इस्युज विषयमा क्यापिटलले यो कार्यक्रमको आयोजना गरेको बताएको छ ।
यो विश्व लगानीकर्ता सप्ताह इन्टरनेसनल अर्गनाइजेसन अफ क्युरिटीज कमिसनको आह्वानमा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरमा सेयर लगानीसम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ । तालिममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गानन्द झा तथा विज्ञ प्रशिक्षकको रूपमा धितोपत्र बोर्डका कानुनी विभागका एक्टिङ डाइरेक्टर राजाराम दुवालले प्रदान गरेका थिए ।
कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिव उज्वलराम श्रेष्ठ, कोषाध्यक्ष सन्तोष भण्डारीलगायत कार्यसमिति सदस्यहरूसमेत गरी करिब ६० जनाको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार