स्याङ्जा निर्वाचन क्षेत्र नं. १ बाट ६ जनाको उम्मेदवारी फिर्ता, प्रतिनिधिसभामा र प्रदेशसभामा १२–१२ जनाको भीडन्त
नेपालबहस संवाददाता
असोज ३०, २०७९ आइतबार १८:११:५५
२६ असोज, स्याङ्जा । स्याङ्जाको निर्वाचन क्षेत्र नं. १ बाट २ स्वतन्त्रसहित ६ जनाले आआफनो उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा नेपाली कांग्रेसका तर्फबाट २ जना र नेकपा एकीकृत समाजवादीका २ जना छन्। प्रतिनिधिसभा १ तथा प्रदेशसभा (क र ख) का ६ जना उम्मेदवारले तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिएका हुन्।
फिर्ता लिनेमा प्रतिनिधिसभाका ३ जना र प्रदेशसभा (क) का एकजना र (ख) का २ जनाले उम्मेदवारी फिर्ता लिएका हुन। नेपाली कांग्रेस स्याङ्जाका महासमिति सदस्य समेत रहेका गोविन्दबहादुर रानाभाटले प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेकोमा उनले बुधवार अन्तिम समयमा आफनो उम्मेदवारी फिर्ता लिएका छन् ।
यसैगरी, नेकपा एकीकृत समाजवादीका बिष्णु गिरीले गठबन्धनको निर्णय बमोजिम फिर्ता लिएको बताए । अर्का स्वतन्त्र उम्मेदवार अर्जुनप्रसाद पौडेलले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी, प्रदेश (क) बाट नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठ र प्रदेश (ख) बाट नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शर्मिला पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् भने मनोज नेपालीले पनि फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
गठबन्धनको निर्णय बमोजिम क बाट उम्मेदवारी दिएका मेखलाल श्रेष्ठले फिर्ता लिएका हुन् । उनले गठबन्धनको निर्णय बमोजिम उम्मेदवारी फिर्ता लिएको बताए। गठबन्धनले सो क्षेत्र नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेको थियो। यस्तै, प्रदेश (ख) बाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शर्मिला पौडेलले उम्मेदवारी फिर्ता लिएको बताइन् । गठबन्धनकै निर्णय बमोजिम उम्मेदवारी फिर्ता लिएको उनको भनाई छ ।
यसैगरी, स्वतन्न्त्र रुपमा उम्मेदवारी दिएका मनोज नेपालीले पनि उम्मेदवारी फिर्ता लिएको कार्यालयले जनाएको छ । यो सँगै अब स्याङ्जा निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि र प्रदेशसभा गरी ३ सदस्यका लागि प्रतिनिधिसभा सदस्यमा १२ जना, प्रदेश (क) मा ७ जना र (ख) मा ५ जनाबीच चुनावी प्रतिस्पर्धा हुनेभएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार