नवौं खेलकुदका क्रममा प्याराग्लाइडिङ खेलाडीको दुर्घटनाबाट मृत्यु
नेपालबहस संवाददाता
असोज ३०, २०७९ आइतबार २०:१३:२९
३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । आइतबार विहान साढे ११ बजे पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङ एक्कासी भुईंमा खसेको थियो । दुर्घटनामा नेपाल आर्मीका खेलाडी पोखरा १० अस्पताल चोकका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएपछि उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा थापाको मृत्यु भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । खेलाडीको मृत्यु भएपछि राखेपले दुख ब्यक्त गरेको छ । राखेप बोर्ड सदस्य अन्जन धमलाले खेलाडीको मृत्युले राखेप मर्माहत भएको बताए ।
‘प्रतिश्पर्धाकै क्रममा खेलाडीको मृत्युले मर्माहत बनाएको छ । यो दुखद घटनाको दुख ब्यक्त गर्दछौं,’ उनले भने, ‘प्रतिश्पर्धाकै क्रममा खेलाडीको मृत्यु हुनु राम्रो होइन । यसका बारेमा हामी छानविन गर्छौं र निष्कर्ष बाहिर ल्याउछौं ।’ सराङकोटबाट उडेको केही बेरमै थापा बनिरहेको घरमा ठोक्किनु भएको कास्की प्रहरीले जनाएको छ । पोखरा प्याराग्लाइडिङको हव भएकोले आठौं प्रतियोगिता देखि पोखरामा प्याराग्लाइडिङको प्रतिश्पर्धा हुँदै आएको छ ।
राखेपले विमा संस्थानसँग खेलाडी र खेलसँग सम्बन्धित सबैको वीमा गरेको छ । खेलका क्रममा कोही घाइते भए विरामीको उपचारका लागि १ लाख दिने र कारणबश मृत्यु भए १० लाख दिने गरी व्यवस्था गरिएको धमलाले बताए । यसबाहेक सम्बन्धित प्रदेशले पनि बीमा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार