लोकतान्त्रिक वाम गठबन्धनको निर्वाचन परिचालन समितिको संयोजकमा घिमिरे
नेपालबहस संवाददाता
असोज ३०, २०७९ आइतबार २१:५५:५४
३० असोज, लमजुङ । ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि पाँचदलीय लोकतान्त्रिक वाम गठबन्धनको लमजुङ जिल्लास्तरीय निर्वाचन परिचालन समितिको संयोजकमा आनन्द घिमिरे चयन भएका छन् । निर्वाचनको सन्दर्भमा गठबन्धनको जिल्लास्थित निर्वाचन परिचालन समितिको सचिवालय बैठकबाट कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति घिमिरेको संयोजकत्वमा समिति गठन भएको हो ।
सदस्यमा माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर गुरुङ र एकीकृत समाजवादी जिल्ला कमिटीका अध्यक्ष रामबाबु अधिकारी छन् । सचिवालयमा नेपाली कांग्रेसको तर्फबाट जिल्ला सचिव कृष्णबहादुर अधिकारी र नवीनचन्द्र घिमिरे, माओवादी केन्द्रको कार्यालय सचिव हरिजङ तामाङ र कमल खड्का, एकीकृत समाजवादीको तर्फबाट जिल्ला सचिव जगदीश सेढाई र राम थापा सदस्य छन् ।
प्रदेश सभा (क) र (ख) को गठबन्धन दलका समितिहरूका सभापति वा संयोजकहरूबीच सम्बन्धित प्रदेशसभा निर्वाचन परिचालनको सचिवालय गठन गर्ने र उक्त सचिवालयले मुख्य गरी जिल्ला निर्वाचन परिचालन समितिको सचिवालयको निर्णयलाई प्रभावकारी ढंगले सम्बन्धित प्रदेशमा कार्यान्वयन गर्ने भएको छ । आवश्यक समन्वय र अनुगमन गरी कार्यप्रगति प्रतिवेदन जिल्लाको निर्वाचन परिचालन सचिवालयमा पठाउने भएको छ ।
आठवटै पालिका तथा वडा तहहरूमा गठबन्धन दलहरूको निर्वाचन परिचालन समितिको सचिवालयको संयन्त्र सम्वन्धित दलका प्रमुखहरू रहने गरी निर्माण गर्ने निर्णय गरिएको एकीकृत समाजवादीका अध्यक्ष अधिकारीले बताए ।
प्रदेशसभा, पालिकास्तरीय÷ वडास्तरीय संयन्त्रमा संयोजक नेपाली कांग्रेसका सम्बन्धित प्रदेश सभा, पालिका÷वडा तहका सभापति र सदस्यमा सम्बन्धित प्रदेशसभा, पालिका÷वडा तहका गठवन्धन दलका अध्यक्ष वा प्रमुख रहने निर्णय गरिएको छ । जनवर्गीय, भ्रातृ तथा शुभेच्छुक संघसंस्थामा आवद्ध गठबन्धन दलका पदाधिकारी एवं सदस्यहरू सम्बन्धित तहको जिल्ला, प्रदेशसभा, पालिका तथा वडा समितिको निर्णयअनुसार क्रियाशील हुने निर्णय गरिएको छ ।
गठबन्धन दलहरूका बीच गठवन्धनको मर्म र भावनाअनुरूप सुमधुर सम्वन्ध कायम राख्दै दलभित्रका सबै तह र तप्काका जिम्मेवार नेता तथा कार्यकर्ताहरूले एक आपसमा आरोप–प्रत्यारोप नगर्न नगराउन आ–आफ्नो दलका नेता तथा कार्यकर्ताहरूलाई अपिल गर्ने एवं आपसी सम्मान र हार्दिकताका साथ निर्वाचनमा सक्रियातापूर्वक आचार संहिताको पूर्ण पालना गर्दै अघि बढ्न निर्देश गर्ने निर्णय गरिएको समितिका संयोजक आनन्द घिमिरेले बताए ।
गठबन्धनबाट लमजुङमा प्रतिनिधि सभा सदस्यमा देवप्रसाद गुरुङ, प्रदेश सभा क मा डा. टकराज गुरुङ र प्रदेश सभा ख मा भेषबहादुर पौडेल चुनावी मैदानमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार