सता गठबन्धन नेता स्तरमा मात्रै सिमित छः महेश बस्नेत
नेपालबहस संवाददाता
असोज ३०, २०७९ आइतबार २२:१:४३
३० असोज, भक्तपुर । नेकपा एमालेबाट भक्तपुर–२ का उम्मेदबार महेश बस्नेतले सता गठबन्धन नेता स्तरमा मात्रै सिमित रहेको दाबी गरेका छन् । ’गबन्धन नेताहरूबीच मात्रै छ, कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन,’ उनले भने, ’त्यसकारण यो गठबन्धनले एमालेलाई केही असर गर्दैन ।’
प्रेस चौतारी भक्तपुरले आइतबार आयोजना गरेको अन्तरक्रियामा बस्नेतले आफू जनस्तरमा पुग्दा गठबन्धनविरुद्ध सत्ता गठबन्धन कै कार्यकर्ताहरू रहेको पाएको दाबी गरे । यही कारण आफूहरूले ती कार्यकर्तासँंग भेटिरहेको उनको भनाइ थियो । ’हामी सता गठबन्धनका कार्यकर्ताहरुलाई भेटिरहेका छु, ती कार्यकर्ताहरु हामीप्रति सकारात्मक छन्,’ उनले भने ।
आफू विजयी भए भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाको रुपमा विकास गर्ने पनि बताए । ’भक्तपुरमा काम गर्दा एक पैसा पनि कहीकतै घुस दिन नपर्ने गरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त बनाउँंछु,’ वस्नेतले भने ।
पछिल्लो पटक दोब्बर मतले विजयी भएकोमा यो पटक दोब्बर होइन, तेब्बर बढी मतले विजयी हुने उनले दाबी गरे । उनले भक्तपुर–२ मा विकासको लहर ल्याएको तर त्यसलाई कांग्रेसले रोकेको आरोप पनि लगाए । कांग्रेसको यहि कामले गर्दा यसपटक मत अझ बढ्ने उनको भनाइ दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार