काठमाडौंमा सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण, प्रतिगमनको खतरा अझै नटरेको नेताहरुको निष्कर्ष
नेपालबहस संवाददाता
असोज ३०, २०७९ आइतबार २२:३१:२३
३० असोज, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले देशमा अझै पनि प्रतिगमनको खतरा नटरेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शीर्ष नेताहरुले अहिलेको गठबन्धनलाई पछिसम्म लानुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा संयुक्त प्रशिक्षण कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै बाँकी रहेको बताए । उनले भने, ‘नेपालमा लडेर ल्याएको यो प्रजातन्त्र जो छ यसलाई स्थायित्व दिन जरुरी छ । प्रतिगमनको खतरा अझैपनि छ । त्यसैले सबै पार्टी एक हुन जरुरी छ ।’ देउवाले अहिलेको अवस्थामा गठबन्धन जरुरी रहेको भन्दै मिलेर नै लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए ।
‘गठबन्धन संस्कृतिको विकास जे भएको छ, यो मिलेर चुनाव लड्ने र मिलेर लोकतन्त्रको सुदृढिकरण गर्दै देशको गरिबी हटाउने यो मौका पनि हो चुनौति पनि हो’, प्रधानमन्त्री देउवाले गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी ओनसरी घर्ती साहसी महिला भएको टिप्पणी गरे ।
‘ओनसरी साहसी महिला हुनुहुन्छ । सभामुख हुँदा अत्यन्तै कुशलतासाथ जिम्मेवारी पुरा गर्नुभएको छ । मलाई त विश्वास पनि थिएन । तर सफलतापूर्वक जिम्मेवारी पुरा गर्नुभयो । सभामुख हुँदा पार्टी भन्दा पनि राष्ट्रको हित हेर्नुभयो’, देउवाको भनाइ छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की गठबन्धनका उम्मेदवार ओनसरी घर्तीमा असाधारण क्षमता रहेको बताए । प्रचण्डले रोल्पामा जन्मिएर आएकी घर्तीलाई आफ्नै प्रस्तावमा सभामुख बनाएको र सभामुख बनेर कुशलतापूर्वक जिम्मेवारी पुरा गरेको भन्दै अब पनि उनलाई जिताएर पठाए राम्रो विकासे मन्त्री बनाएर पठाउने आश्वासन दिए ।
प्रचण्डले गठबन्धनका तर्फबाट प्रतिगमनका विरुद्ध अपिल जारी गरिने बताए । उनले भने, ‘हामी गठबन्धनकै चरणमा अपिल पारित गर्दै छौँ । आमजनताको नाममा गठबन्धनको तर्फबाट त्यसको मुख्य नारा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन हुने छ । विकास निर्माण समृद्धि मुख्य एजेण्डा हुने छ । आर्थिक विकासको अभियानलाई द्रुत गतिमा अगाडि बढाउन सकेनौँ भने राजनीतिक परिवर्तनलाई दिगो बनाउन सक्दैनौं । देशको अस्थिरता र अराजकताको भुमरीमा फस्ने खतरा रहने छ ।’
प्रतिगमनका विरुद्ध लड्दै गर्दा गठबन्धन गर्ने चरणको अवस्थासम्म पुगेको प्रचण्डले बताए । ‘स्थानीय तहको चुनाव सकेर अब प्रदेश र संघको चुनावको चरणमा आइपुगेका छौँ । धेरै उतारचढाव र घुम्ती मोडहरू पार गरेका छौँ’ उनले भने, ‘देशमा राजनीतिक परिवर्तन हुने भएपछि दिगो नहुने भइरहेको छ । ०७ साल, ०१७ साल, ०४६ सालको कुरा गरौं र अहिलेको अवस्थामा पनि त्यहीँ दोहोरिएको छ । अब राजनीतिक स्थिरताका लागि यो गठबन्धन बलियो बनाउनु पर्नेछ ।’
यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने बताए । सत्तारुढ गठबन्धनकै भविष्य रहेकाले आम मतदाताले सोही गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाई थियो ।
अध्यक्ष नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएकाले पनि जनताले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई जिताउनुपर्ने तर्क समेत गरे । उनले भोलिको भविष्य पनि सत्तारुढ गठबन्धनको नै भएकाले त्यसका नेताहरुले आफूहरुको समस्या समाधान गर्न सक्छन भनेर विश्वास गर्न पनि आम मतदातालाई आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार