निर्वाचनबारे नयाँ नीति सार्वजनिक गर्न कांग्रेसले डाक्यो पत्रकार सम्मेलन
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार १६:६:१८
३१ असोज, काठमाडौं । निर्वाचन र पार्टीका आगामी रणनीति र कार्यक्रमबारे जानकारी दिन नेपाली कांग्रेसले सोमबार (आज) पत्रकार सम्मेलन गर्ने भएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार सोमबार दिउँसो ३ बजे पार्टी मुख्यालय सानेपामा पत्रकारहरुलाई बोलाइएको छ । पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महत उपस्थित हुनेछन् ।
कांग्रेसले बागी उम्मेदवारहरुलाई दिएको डेटलाइन पनि आजै सकिँदैछ । कांग्रेस घोषणापत्रका विषयमा पनि विभिन्न टिक्का टिप्पणी भइरहेका छन् । यीनै विषयमा जानकारी गराउन कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो । प्रबक्ता महतले पत्रकार सम्मेलनमा निर्वाचन र पार्टी गतिविधिसम्बन्धीबारे जानकारी दिने बताइएको छ ।
महत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिका संयोजकसमेत रहेकाले थप नयाँ विषय पनि आउने बताइएको छ । खासगरी कांग्रेसले पाँच वर्षे कारवाहीमा परेकाहरुलाई निर्णयमा पुनर्विचार गरी निर्णय सच्याउन असोज ३१ गते सम्मको समय दिएको थियो । यो समयभित्र उम्मेदवारी फिर्ता नलिएकाहरु त्यसलाई निष्क्रिय बनाए उनीहरुमाथि लगाइएको पाँच वर्षे कारवाही फुकुवा हुने जनाएको थियो ।
कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गर्दै समय दिइएको हो । कांग्रेसले गत बुधबार विज्ञप्ति जारी गरी सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गरेको बताएको थियो । यदि ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाएमा कारबाही फुकुवा हुने काग्रेसले जनाएको थियो ।
असोज ३१ भित्र बागीले उम्मेदवारी निष्क्रिय बनाएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याइ फुकुवा गर्ने भनिएको छ । बागीले आफ्ना उम्मेदवारी निष्क्रिय नबनाएको खण्डमा पाँच वर्षे कारवाही यथावत रहने भनिएको थियो । उक्त समय आज सकिक्दैछ । कसले फिर्ता लिए र कसले लिएनन् भन्नेबारे पनि आजको पत्रकार सम्मेलनमा जानकारी दिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार