नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार १६:१४:४२
३१ असोज, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोनका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोबाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक गरेका हुन् ।
परिस्कृत र नयाँ सुविधाहरुसहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । ग्राहक र अभिकर्ता दुवैले एउटै एप्लिकेसनमार्फत लाभ लिन सक्नेछन्। सर्वप्रथम एपलाई एप स्टोर वा प्ले स्टोरबाट डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरका माध्यमबाट आफूलाई रजिस्टर गरी लगइन गर्न सकिनेछ ।
एप्लिकेसनमा एकैजनाको एकभन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिने छ । आफ्नो बीमालेख प्रोफाइलमा एड गरेपश्चात आफ्नो बीमासँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाउँमा सरल तथा सहज तवरले प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यसका साथै एपमा अन्य सुविधाहरुका रुपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरुको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारी मुलक, तथा मनोरन्जनात्मक श्रब्य दृश्य सामग्रीहरु पढ्न तथा हेर्न सकिनेछ ।
सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकासक्रम सँगसँगै नेपाल लाइफका विभिन्न सेवा तथा सुविधालाई ग्राहक तथा अभिकर्तासमक्ष सहज, सुरक्षित एवं प्रभावकारी रुपमा उपलब्ध गराई कम्पनीको डिजिटल रुपान्तरणको लक्ष्य हासिल गर्न यो कदम फलदायी हुने कम्पनीका प्रमुख सूचना प्रविधि अधिकृत शरदचन्द्र प्याकुरेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार