निर्वाचनमा उचित सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार १९:१:२७
३१ असोज का ठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ मा हुने आम निर्वाचनको उचित सुरक्षा व्यवस्था मिलाउन प्रहरीका सबै संगठनलाई निर्देशन दिएका छन् । उनले प्रहरी संगठनलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै लैजान पनि निर्देशन दिएका छन् ।
सोमबार ६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा उचित सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । देउवाले ऐन, कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई सम्पन्न गर्न आवस्यक रहेको बताए । उनले हाल नेपाल प्रहरीले सीमित श्रोत, साधन, कठिनाइका बीच पनि जिम्मेवारी पुरा गर्नुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले भएका श्रोत, साधनको प्रयोग गरी निर्वाचनलाई भइरहित र सुरक्षाको दृष्टिले अब्बल बनाउने कार्यमा लाग्न निर्देशन दिए । स्थानीय निर्वाचनमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य रहेको भन्दै देउवाले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन, निष्पक्ष, स्वतन्त्र वातावरणमा सम्पन्न गराउन प्रहरी संगठन सक्षम रहने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले सूचना प्रविधिलाई समायानुकूल परिवर्तन गरी अघि बढ्नसके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने बताए । उनले प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए । प्रधानमन्त्री देउवाले प्रहरी प्रशासनले हरेक समय नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिन चाहन्छु, भन्दै देउवाले भने, ‘नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध छ । आवश्यक सहयोग जुटाउनका लागि जानकारी पनि गराउनुपर्छ ।’
उनले प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गर्दै जानुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे । प्रधानमन्त्री देउवाले आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउनेबारेमा प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै ऐन, कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार