चीनमा तेस्रो कार्यकालका लागि सी चिनफिङ मैदानमा
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार १९:१४:५७
३१ असोज,बेइजिङ । चीनको राजधानी बेइजिङमा विश्वको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २०औँ महाधिवेशन आइतबारबाट सुरु भएको छ । महाधिवेशनमा पाँच वर्षको कामको समीक्षा, भविष्यको लागि पाठ्यक्रम तयार र नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ । वर्तमान महासचिव एवम् राष्ट्रपति सी नेतृत्वका लागि चुनिए ऐतिहासिक तेस्रो कार्यकालको बाटोमा छन् ।
पार्टी महाधिवेशनका लागि प्रतिनिधिहरू चयन गर्ने प्रक्रियामा छ । यसको लागि नोभेम्बर २०२१ देखि प्रक्रिया सुरु भएको थियो । सीपीसीले आफ्ना ९ करोड ५० लाखभन्दा बढी सदस्यहरूबाट कसरी २ हजार ३०० प्रतिनिधिहरू छनोट गर्छ त ?
प्रान्तीय–स्तरका क्षेत्रहरू, केन्द्रीय अधिकारीहरू, केन्द्रीय वित्तीय क्षेत्र र बेइजिङस्थित केन्द्र–शासित राज्य–स्वामित्व भएका उद्यमहरूसहित ३८ निर्वाचन इकाइहरूबाट प्रतिनिधिहरू निर्वाचित हुन्छन् ।
सम्पूर्ण प्रक्रियामा सामान्यतः पाँच भागहरू हुन्छन्ः पार्टी सदस्यहरूद्वारा उमेदवारहरूको मनोनयन, उमेदवारको समीक्षा, प्रतिक्रियाको लागि उमेदवारहरूको सार्वजनिक सूचना, छनोट भएका उमेदवारको सूची र प्रत्येक निर्वाचन इकाइमा अन्तिम मतदान हुन्छ ।
निर्वाचित प्रतिनिधिहरूको राष्ट्रिय महाधिवेशनअघि नै योग्यता समीक्षा समितिले जाँच गरिसकेको छ । उक्त प्रक्रियामा सो क्षेत्रको प्राथमिकस्तरको पार्टी संठनहरूको सय प्रतिशत र ९९.१५ प्रतिशत पार्टी सदस्यहरू संलग्न भएका थिए ।
प्रतिनिधिहरू पार्टीका अनुकरणीय सदस्यहरू हुनुपर्छ र कडा मापदण्ड पूरा गर्नुपर्छ । राजनीतिक निष्ठालाई मूल्यांकनमा पहिलो स्थान दिइन्छ । पार्टी नेतृत्वका अनुसार उमेदवारहरू सबैभन्दा पहिले ठोस आदर्श तथा विश्वास र उच्च नैतिकवान हुनुपर्छ ।
योग्य प्रतिनिधिहरू स्वच्छ छवि र इमानदार हुनुपर्छ । भ्रष्ट अधिकारीहरूलाई मनोनयन गर्न प्रतिबन्ध लगाइनेछ । गुइझोउ प्रान्तमा राजनीतिक अनुशासन र नियमहरू उल्लंघन गर्ने वा इमानदारीमा समस्या भएकाहरूलाई नकारात्मक सूची बनाई त्यसमा अयोग्यको रूपमा राखिएको थियो ।
उमेदवार छनोटका लागि विभिन्न निर्वाचन इकाइहरूको आ–आफ्ना विशिष्ट आवश्यकताहरू हुन्छन् । तिब्बतका उमेदवारहरूसँग चिनियाँ राष्ट्रको लागि समुदायको बलियो भावना हुनुपर्छ र राज्य पृथकतावादविरुद्ध स्पष्ट अडान लिनुपर्छ ।
“मैले मेरा सिफारिसहरू गर्दा उमेदवारहरूको समग्र प्रदर्शन र योग्यतालाई ध्यानमा राखेको थिएँ,” ५० वर्षभन्दा बढी समयदेखि पार्टी सदस्य भइसकेका छिन्घाई प्रान्तका सीपीसी सदस्य झाओ डियानबाङले भने ।
दुई हजार ३०० प्रतिनिधिहरू ३८ निर्वाचक इकाइहरूद्वारा चुनिएका छन् । २०औँ सीपीसी राष्ट्रिय महाधिवेशनका सिटहरू मुख्यतः पार्टी संगठन र प्रत्येक निर्वाचन इकाइका पार्टी सदस्यहरूको संख्यामा आधारित छन् । विभिन्न चुनावी इकाइहरूलाई सिट बाँडफाँट गर्दा अघिल्लो सीपीसी राष्ट्रिय कांग्रेसहरूमा प्रतिनिधिहरूको कोटालाई पनि ध्यानमा राखिन्छ ।
बाँडफाँटको सूत्र अनुसार प्रत्येक निर्वाचन इकाइका लागि २०औँ सीपीसी राष्ट्रिय कांग्रेसमा प्रतिनिधिहरूको संख्या मूलत १९औँ राष्ट्रिय महाधिवेशन जस्तै छ । महाधिवेशनअनुसार २०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन पार्टीका केही सेवानिवृत्त पदाधिकारीहरूलाई आमन्त्रित गरिनेछ ।
प्रतिनिधिहरूले ९ करोड ५० लाख सीपीसी सदस्यहरूको प्रतिनिधित्व गर्ने भएकाले महाधिवेशन सावधानीपूर्वक डिजाइन गरिएको छ । प्रतिनिधिहरू समाजका सबै क्षेत्र, समग्र देशका विभिन्न क्षेत्र र विभिन्न जनसांख्यिकीय समूहहरूबाट चुनिने व्यवस्था गरिएको छ । जसमा दुवै लैंगिक र जातीय अल्पसंख्यकहरूको प्रतिनिधित्वको सुनिश्चितता गरिनेछ ।
तल्लो तहका सदस्यहरू प्रतिनिधिहरूको महत्त्वपूर्ण अनुपातका लागि जिम्मेवार हुनेछन् । फ्रन्टलाइनमा काम गर्ने पार्टीका सदस्यहरूले कुल सिटको कम्तीमा एक तिहाइ सिट हुनुपर्छ । जबकी पदाधिकारीहरूका लागि लागि ती दुई तिहाइभन्दा बढी हुँदैन । किसान, मजदुर र प्राविधिकहरूबीच उत्कृष्ट सदस्यहरूलाई प्राथमिकता दिइनेछ ।
व्यवसायी, वैज्ञानिकदेखि डाक्टरसम्मका विभिन्न पेसाका साथै प्रदेश, महानगरदेखि गाउँसम्मका विभिन्न तहका प्रशासनिक इकाइहरू सबैको प्रतिनिधित्व हुनेछ ।
पूर्वी चीनको जियांसी प्रान्तको राजधानी सहर नान्चाङमा रहेको पार्टीका अधिकारीहरूले आफ्ना २ लाख ६० हजार सदस्यहरूलाई उमेदवार सन्दर्भको रूपमा १३३ स्थानीय ग्रास–रूट रोल मोडेलहरूको सूची वितरण गरेका थिए ।
दक्षिणपश्चिम चीनको युनान प्रान्तमा विभिन्न जातीय अल्पसंख्यक समूहहरूको बसोबास छ । त्यहाँ उनीहरूका बीच प्रतिनिधि सीटहरू उचित रूपमा बाँडफाँट गरिएको छ ।
चीनमा मतदान गर्न र भोट खरिद गर्न कडा प्रतिबन्ध छ । पार्टीको अनुशासनात्मक एजेन्सीहरू र संगठन विभागहरू राष्ट्रव्यापी चुनावका लागि तयारीमा छन् । हटलाइन सेवाहरू जनताको गुनासोहरू सम्बोधन गर्न चौबीसै घण्टा सञ्चालनमा छन् ।
ठूलठूला सचेतना अभियानहरू सञ्चालन गरिएको थियो । विगतका चुनावी घोटालाहरूलाई उदाहरणको रूपमा प्रयोग गरी पार्टीका सदस्यहरूलाई गलत व्यवहारको चेतावनी दिन र सम्भावित अपराधीहरूलाई रोक्न यस्ता अभियानहरू सञ्चालन गरिएका हुन् ।
निर्वाचन प्रक्रियाका सबै चरणहरू निगरानीमा राखिएको छ । यद्यपि, पार्टी अनुशासनात्मक नियमहरू र चुनावी प्रोटोकलहरू उल्लंघन गर्नेहरूलाई कडा कार्बाहीको व्यवस्था छ ।
कडा सुरक्षा र प्रतिस्पर्धाका बीच २ हजार ३०० प्रतिनिधि तियानमेन स्क्वायरको ग्रेट हल अफ द पिपुलमा हिजोदेखि एक हप्तासम्म भेला भएका छन् । तीमध्ये करिब २०० जनालाई पार्टीको केन्द्रीय समितिमा सामेल गर्न छनोट गरिनेछ भने करिब १७० जना वैकल्पिक सदस्य छनोट हुनेछन् ।
केन्द्रीय समितिले पार्टीको पोलिटब्युरोमा २५ जनालाई चयन गर्नेछ । पोलिटब्यूरोले पोलिटब्युरो स्थायी समितिका सदस्यहरू नियुक्त गर्नेछ । हाल पार्टीका महासचिव सी चिनफिङसहित सात सदस्य छन् ।
सी तेस्रो पटक पनि चुनिए उनले विश्वको दोस्रो ठूलो अर्थतन्त्र र यसको सबैभन्दा ठूलो सैन्य शक्तिको नेतृत्व गर्नेछन् । केही विश्लेषकहरूका अनुसार उनले तेस्रो पाँच वर्षको कार्यकालमा चीनलाई थप अधिनायकवादी राजनीतिक अडानतर्फ धकेल्ने सम्भावना छ ।
६९ वर्षीय सीले राष्ट्रका तीन प्रमुख पद ओगटेका छन् । उनी महासचिवको हैसियतमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख हुन् । राष्ट्रपतिको रूपमा उनी चीनको राष्ट्र प्रमुख हुन् भने चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षको रूपमा उनले देशको सशस्त्र बलको कमान्डसमेत गर्छन् । स्रोत ः सिन्ह्वा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानमा ६.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी
पुष २९, २०८१ सोमबार
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
ट्रम्पको पुनरागमन पूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार