सत्ता गठबन्धनले सातै प्रदेशमा गर्ने भनिएको संयुक्त सभा कार्यक्रम अन्योलमा
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार २०:२४:८
३१ असोज, काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुले कात्तिक पहिलो साता सातै प्रदेशमा गर्ने भनिएको संयुक्त सभा अन्योलमा परेको छ । निर्वाचन आयोगले कात्तिक १७ गतेभन्दा अगाडी कुनै पनि कोणसभा, आमसभा, गोष्ठी, सेमिनारलगायतका कार्य गर्न नपाइने निर्णय गरेपछि संयुक्त सभा अन्योलमा परेको हो ।
सत्तारुढ गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको केन्द्रीय परिचालन कमिटी गठन गरी उनकै नेतृत्वमा सातै प्रदेशमा संयुक्तको भेला आयोजना गर्ने तयारी गरेको थियो । तर, निर्वाचन आचासंहितालाई टेकेर निर्वाचन आयोगले यस्ता कुनै पनि गतिविधि गर्न नदिने निर्णय गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानको १९ दिन अघिसम्म राजनीतिक दल र उम्मेदवारहरूले कोणसभा र आमसभा गर्न नपाउने निर्णय भएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । दलहरुले आयोगको निर्णय विपरति गरेका निर्वाचन आचारसंहिता उल्लंघन हुने र उम्मेदवारको मनोनयन खारेजसम्मको कठोर निर्णयमा आयोग पुग्ने चेतावनी भण्डारीले दिएका छन् ।
निर्वाचन आयुक्त भण्डारीले सोमबार निर्वाचन आचारसंहितामा मतदानको १७ दिनअघि मात्रै दल तथा उम्मेदवारहरूले कोणसभा, आमसभा, सेमिनार गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलहरूको समर्थनमा राखिएको बताए । अहिलेको बेलामा कोणसभा, आमसभा लगायतका गोष्ठी, सेमिनारलगायतका कुनै पनि विषय निर्वाचन प्रचारप्रसार गर्न नपाइने उनको भनाइ छ ।
उम्मेदवार र राजनीतिक दलहरूले अहिलेको अवस्थामा २५ जनासम्मको समूहमा मतदाताको घरदैलो कार्यक्रम गर्न सक्ने उनले बताए । अहिले घरदैलको क्रममा पनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी आइरहेको उनको भनाइ छ । थुप्रै ठाउँबाट घरदैलो जाँदा तामझाम, भोजभतेर जस्ता कुरा सुरु भएपपछि आयोगले कडाइ गरेको हो ।
निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन भएमा आयोगले कठोर कारबाही गर्ने आयुक्त भण्डारीको चेतावनी छ । ’निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन गरिए आयोगले कठोरतापूर्वक उनीहरूलाई कारबाही गर्नेछ । त्यो कारबाहीको विषय कतिसम्म होलाभन्दा मनोनयन पत्र खारेज पनि हुनसक्ने बताइएको छ ।
सत्ता गठबन्धनले तीनसिदन अगाडी नै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने तयारी गरेको थियो । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले कात्तिक पहिलो साता सातै प्रदेशमा शीर्ष नेताहरूको उपस्थितिमा प्रमुख नेता तथा कार्यकर्ताको भेला राख्ने निर्णय गरेको थियो । उक्त भेला अब अनिश्चित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार