सिराहाका बागी एमाले–जसपा गठबन्धनलाई चुनौती
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार २०:३८:१७
३१ असोज, सिरहा । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिराहामा एमाले गठबन्धनलाई आफ्नै बागी उम्मेदवारहरू टाउको दुखाइ बनेको छ । सिराहाको ३ र ४ मा एमाले र जसपाका बागी उम्मेदवारहरूका कारण एमाले गठबन्धनका नेताहरू चिन्तित बनेका छन् ।
प्रतिनिधिसभाको अघिलो निर्वाचमा क्षेत्र नम्बर ४ बाट राजकिशोर यादवले चुनाव जितेका थिए । यसपटक जसपाले उनलाई सिराहा २ मा पठाएर ४ मा वीरेन्द्र महतो उठेका छन् । वीरेन्द्र महतोविरुद्ध जसपा नेता राजकिशोर यादवका भाइ काशिन्द्र यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेता यादव सिराहा २ मा चुनाव लडेपछि ४ मा आफ्नो भाइलाई स्वतन्त्र उठाएको जसपाका कार्यकर्ताहरूले आरोप लगाएका छन् ।
काशिन्द्र यादवलाई नेता यादवले उम्मेदवारी फिर्ता लिन दबाब दिए पनि उनले मानेनन् । काशिन्द्रले आफू कुनै पार्टीमा आवद्ध नरहेको बताउँदै आएका छन् । कुनै पार्टीमा नभएका कारण स्वतन्त्र उम्मेदवारी दिएको उनी बताउँछन् । उनले लामो समयदेखि तराई मधेस राष्ट्रिय परिषदको संस्थापक भएर ‘स्वतन्त्र’ रूपमा सामाजिक अभियन्ताको काम गर्दै आइरहेका छन् ।
सिराहा ३ ‘ख’मा एमाले गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार रेणु यादवविरुद्ध सिराहा नगरपालिकाका मेयर डा.नविन यादवका भाइ डा.प्रवीनकुमार यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । डा.प्रविन एमाले सिराहाका प्रभावशाली नेता हेमनारायण यादवका छोरा हुन् । पार्टीले उम्मेदवारी फिर्ता लिन निर्देशन दिए पनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् ।
सिराहा क्षेत्र नम्वर ३ ‘ख’ मा गोपालप्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्रभन्दा पनि उनी आफूलाई एमालेको ‘बागी’उम्मेदवार भन्न रुचाउँछन्। सिराहामा एमाले पार्टी निश्चित नेताहरूको इसारामा चल्ने गरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।
सिराहा ३ मा एमाले गठबन्धनबाट पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ३ ‘ख’ मा एमालेका दुईजना बागी उम्मेदवार श्रेष्ठका लागि टाउको दुखाइको विषय बनेको छ ।
सिरहा २ (क) मा विजय यादव जसपा र एमालेको आधिकारिक उम्मेदवार हुन् । तर पार्टीबाटै उनीविरुद्ध दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाका नेता राजलाल यादव र रामपृत यादवले विजय यादवविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले पनि सिराहा २ (क) मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा सता गठबन्धनको तर्फबाट माओवादीको आधिकारिक उम्मेदवार जीवछ यादव छन् । ‘म नेपाल समाजवादी पार्टीमा छैन, सो पार्टीको केन्द्रीय समितिमा मेरो नाम जबर्जस्ती राखिएको छ । म पूर्ण स्वतन्त्र हुँ,’ स्वतन्त्र उम्मेदवार रामरिझन यादवले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार