बागीलाई कांग्रेस भन्यो, ‘धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवारी दिनुपर्दा यस्तो भयो’
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार २२:३७:२७
३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका बागी उम्मेदवारहरुलाई उम्मेदवारी निष्क्रिय पारेर पार्टीलाई सघाउन आग्रह गरेको छ । बागी उम्मेदवारहरुलाई उम्मेदवारी निष्क्रिय पारेर सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई समर्थन गर्न कांग्रेसले दोस्रो पटक आग्रह गरेको हो । कांग्रेसले धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता आइपरेको स्पष्ट पारेको छ ।
सोमबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले बागी उम्मेदवारहरुलाई कांग्रेसले धेरै सिटमा जित निकाल्नका लागि गठबन्धन गर्नुपरेको यथार्थलाई बुझ्न आग्रह गरे । ’बागी उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पारेर आधिकारिक उम्मेदवारहरुलाई समर्थन गर्न समय दिइएको छ । अब धेरै पर्खन र कुर्न सकिँदैन । साथीहरूले पार्टीको नीति मान्नुहुनेछ भन्ने लाग्छ,’ उनले भने ।
प्रवक्ता महतले गठबन्धनले मुलुकलाई ठुलो दुर्घटना हुनबाट जोगाएर संविधान र व्यवस्थामाथिको जोखिमलाई ट्र्य्राकमा ल्याएको दाबी गरे । उनले कांग्रेसले अन्य दलहरुले जस्तो धेरै बोल्ने, तर काम नगर्ने चरित्र नअपनाएको भन्दै कांग्रेस नेतृत्वको गठबन्धनलाई जनताले आफ्नो विश्वासको मत दिनेमा ढुक्क रहेको बताए ।
गठबन्धनका कारण योग्य हुँदाहुँदै पनि धेरै क्षमतावान साथीहरूलाई उम्मेदवार बनाउन नसकेको उनले उनले बताए । उनले एउटा परिस्थितिमा गठबन्धन सरकार बनेको उल्लेख गर्दै छोटो अवधिमा देशलाई एउटा अर्डरमा ल्याएको उनले दाबी गरे । जनताका इच्छा र माग सम्बोधन भएको बताउँदै उनले स्थानीय तह निर्वाचन सम्पन्न भएको उल्लेख गरे ।
नेता महतले जसपालाई कांग्रेसले उदारता देखाए पनि बाहिरिएकोमा कुनै कमेन्ट नगर्ने बताए । निर्वाचन आयोगले तयार गरेको आचारसंहिता धेरै रेष्टिक्टेड रहेको, धेरै सीमा राखिएकाले विगतमा गरेजसरी प्रचार गर्न सम्भव नभएको उल्लेख गरे । तर पनि आचारसंहिताको सीमामा रहेर प्रचार गर्ने उनले बताए ।
कांग्रेसले धेरै नबोल्ने बरु काम गरेर देखाउने भन्दै देशभर कांग्रेस र गठबन्धनको उम्मेदवारको पक्षमा माहोल तयार भएको, जिल्ला जिल्लामा गठबन्धनको निर्वाचन परिचालन समिति गठन भइरहेको र सातै प्रदेशमा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने उनको भनाइ छ । नेता महतले दुई दिनभित्रै सत्ता गठबन्धनको संयुक्त अपिल सार्वजनिक हुने जानकारी दिए । उनले वर्तमान सरकारले निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुने अवस्था सिर्जना गरेको दाबी गरे ।
प्रवक्ता महतले चुनावपछि कांग्रेसकै नेतृत्वको गठबन्धनको सरकार हुनेसमेत बताए । ’हामी धेरै बोल्दैनौँ । कांग्रेस धेरै कुरा गर्ने होइन, काम गरेर देखाउने पार्टी हो विपक्षी पार्टीहरूजस्तो हल्ला गर्ने, काम नगर्ने पार्टी होइन,’ उनले भने, ’हामी देश र जनतालाई केन्द्रमा राखेर काम गर्छौँ । मुलुकको हित हाम्रो प्राथमिकतामा हुन्छ ।’
उनले सत्ता गठबन्धनले नेपालको स्वार्थ र आवश्यकता केन्द्रित विदेश नीति अपनाउने बताए । ’गठबन्धन दलहरूबीच कतिपय विषयमा न्युनतम साझेदारीको कुरा छ । हामी नेपालको स्वार्थ र आवश्यकतालाई केन्द्रमा राखेर विदेश नीति बनाउँछौँ, त्योभन्दा बाहिर विदेश नीति हुँदैन,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार