सबै दलमा बागीको विगविगी, हाम्राबाटै राम्रालाई चुनौती
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार १६:६:२६
१ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दलबाट टिकट नपाएर असन्तुष्ट बनेकाहरुले दिएको बागी उम्मेदवारी यतिबेला सबै राजनीतक दलहरुका लागि समस्याको रुपमा देखा परेको छ । बागीका कारण दलका राम्रा र योग्य उम्मेदवारहरु पनि पराजित हुनसक्ने अवस्था खडाहुँदै गएको छ ।
पछिल्लो समय कांग्रेसका बागी स्वयं कांग्रेसका लागि मात्र नभएर गठबन्धनमा रहेका दलहरुका लागि पनि समस्याको रुपमा देखिन थालेका छन् । बागी उम्मेदवारी दिने कांग्रेसमा बढी भएपनि बागी नभएका कुनै दल छैनन् । कतिपय गठबन्धनका उम्मेदवारलाई गठबन्धनकै बागीले पछार्ने अवस्थासमेत देखिएको छ । सबै दलले बागीलाई उम्मेदवारी फिर्ता नगरे कारवाही गर्ने चेतावनी दिएका छन् ।
पार्टीले दिएको कारवाहीको चेतावनीले बागीलाई खासै असर गरेको देखिदैन् । सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस,नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी सबैमा बागी छन् । पार्टीको निर्देशनपछि केहीले उम्मेदवारी फिर्ता लिएपनि धेरैले कायमै राखेका छन् । नेकपा माओवादीले सोमबार देशभरका बागीलाई उम्मेदवारी फिर्ता लिन सर्कुलर जारी गरेको थियो । तर, कसैले टेरेका छैनन् ।
नेपाली कांग्रेसले आफ्नो पार्टीका बागी उम्मेदवारी दिएकाहरुलाई पटक पटक फिर्ता लिएर निष्क्रिय बनाउन भनिरहेको छ तर, उनीहरुले मानिरहेका छैनन् । यसले पनि पार्टीमा सही व्यक्तिले टिकट नपाएर गलतलाई नेतृत्वले प्रोत्सााहन गरेको देखिएको छ । यतिबेला बागी सबैका लागि टाउको दुखाई बनेका छन् ।
बागीले सबैभन्दा धेरै नेकपा एसका उम्मेदवारहरु प्रभावित देखिएका छन् । सत्ता गठबन्धनमा प्रतिनिधिसभाको १९ सिट पाएको एकीकृत समाजवादीले ७ क्षेत्रमा कांग्रेसका बागी उम्मेदवार सामना गरिरहेको छ । एकीकृत समाजवादीका झन्डै आधा उम्मेदवार यतिबेला कांग्रेसका बागीका कारण खतराको रेखाभित्र छन् ।
अझ प्रदेशसभातर्फ सत्ता गठबन्धनभित्र देशैभर बग्रेल्ती बागी उम्मेदवार छन् । सबैभन्दा बढी बागी कांग्रेसका छन् । कैलाली २ (२) मा माओवादीका राजेन्द्र साउदविरुद्ध कांग्रेसका स्थानीय नेता भरत शाह उठेका छन् । कैलाली ३ (२) मा एकीकृत समाजवादीका अमर चन्दले गठबन्धनबाट टिकट पाएका छन् भने त्यहाँ कांग्रेसका पूर्वजिल्ला सभापति गोविन्दराज जोशी र जिल्लास्तरीय नेता लक्ष्मण शाही पनि उठेका छन् ।
कैलाली ४ (२) मा कांग्रेसका प्रकाशबहादुर बमविरुद्ध कांग्रेसकै प्रेम शाह र भगवती पाठक उठेका छन् । कैलाली ५ (२) मा कांग्रेसका प्रकाशबहादुर देउवाविरुद्ध कांग्रेसकै पूर्वविद्यार्थी नेता क्षितिज भण्डारीले उम्मेदवारी दिएका छन् । मोरङ २ (१) मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादीका गणेशप्रसाद उप्रेतीविरुद्ध कांग्रेसका फणेन्द्र थापा र शमशेर कार्कीले उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीको भागमा परेको मोरङ ३ (२) मा पनि कांग्रेसका प्रदेश कार्यसमिति सदस्य तिलक राई उठेका छन् । त्यहाँ एकीकृत समाजवादीका लक्ष्मीकुमार श्रेष्ठ उम्मेदवार छन् ।
मोरङ ६ (२) मा कांग्रेसका तर्फबाट हालका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले टिकट पाएका छन् । उनीविरुद्ध कांग्रेसकै प्रदेश कार्यसमिति सदस्य गोपाल रेग्मी बागी उठेका छन् । एमाले उम्मेदवार कृष्ण बस्नेत (पर्शुराम) को मिलेमतोमा रेग्मी उम्मेदवार बनेको एक कांग्रेस नेताको भनाइ छ ।
कांग्रेस युवा नेता गुरुराज घिमिरे उम्मेदवार बनेको मोरङ ४ (१) मा कांग्रेसकै नन्दु सरदार बागी उठेका छन् । उनी विजयकुमार गच्छादारसँगै पार्टी एकताबाट कांग्रेस प्रवेश गरेका थिए । एकीकृत समाजवादीको भागमा परेको ताप्लेजुङको प्रदेशसभा (१) मा कांग्रेस जिल्ला सदस्य मीना गुरुङ बागी छन् । उक्त क्षेत्रमा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज खेम बनेम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् ।
एमालेबाट माओवादी प्रवेश गरेर सुनसरी २ (१) बाट उम्मेदवार बनेका द्वारिकलाल चौधरीविरुद्ध पनि कांग्रेसका वडा सभापति दीपेन्द्र घिमिरेले बागी उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीको भागमा परेको खोटाङको प्रदेशसभा (१) मा वीरबल काजीविरुद्ध कांग्रेसका महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलले बागी दिएका छन् । गठबन्धनबाट माओवादीका कुसुमकुमार श्रेष्ठ उठेको धनकुटाको प्रदेशसभा (२) मा कांग्रेसका बालानन्द दाहालले बागी उम्मेदवारी दिएका छन् ।
धनुषा ३ (२) मा गठबन्धनले लोसपाका परमेश्वर साहलाई उम्मेदवार बनाएको छ । तर, कांग्रेसका ललन चौधरी र हरिशंकर साह बागी उम्मेदवार बनेका छन् । धादिङ २ (२) मा गठबन्धनबाट माओवादीका जगत सिम्खडाले टिकट पाएकामा कांग्रेसका महासमिति सदस्य देवी पाण्डे बुर्लाकोटी बागी उठेका छन् । माओवादीको भागमा परेको गोरखा १ (१) मा पनि कांग्रेसका रामशरण आचार्य बागी छन् । त्यहाँ गठबन्धनबाट माओवादीका कृष्ण धिताल उम्मेदवार रहेका छन् ।
एकीकृत समाजवादीको भागमा परेको स्याङ्जा २ (१) मा कांग्रेसका भोजराज अर्याल बागी उम्मेदवार उठेका छन् । उक्त क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका रामचन्द्र भट्टराई उम्मेदवार छन् । सुर्खेत १ (२) जुम्लाको प्रदेशसभा (१) , प्रदेशसभा (२), हुम्लाको प्रदेशसभा (१), कञ्चनपुर ३ (१), बैतडीको प्रदेशसभा (१), रुकुम पूर्वको प्रदेशसभा (२), बझाङको प्रदेशसभा (२), मा बागी उम्मेदवारको चहलपह बढी देखिएको छ ।
यस्तै पर्सा १ (१) मा कांग्रेसका सुधीर पटेलविरुद्ध माओवादीका रहबर अन्सारी बागी उठेका छन् । कैलाली ४ (१) मा एकीकृत समाजवादीबाट उम्मेदवार रहेका प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीविरुद्ध माओवादीका भोजराज सापकोटा बागी उठेका छन् । कैलाली ५ (१) मा माओवादीका उम्मेदवार रमेश धामीविरुद्ध माओवादीकै रमेशकुमार बस्नेत बागी छन् । रोल्पाको प्रदेशसभा (२) मा कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनविरुद्ध माओवादीका निवर्तमान प्रदेश सांसद दीपेन्द्र पुन बागी उठेका छन् ।
यसरी धेरै जसो क्षेत्रमा बागी उम्मेदवारी परेको छ । योसँगै स्वतन्त्र उम्मेदवारहरुको पनि संख्या कम छैन् । शीर्ष नेताहरुलाई नै हराउने भन्दै स्वतन्त्र उम्मेदवारहरु लागि रहेका छन् । बागी बनाउन दलहरुले प्यमकेज नै लिएर गए पनि मनाउन सक्ने अवस्था अहिले देखिएको छैन् । कांग्रेसले कात्तिक ४ गते सम्मको समय थप गरेको छ । तर, कसैले पनि फिर्ता लिने अवस्था भने देखिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार