मोफसलको भ्रमण सकेर फर्कियो महापुरूष टिम

नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार १६:४१:५८

१ कात्तिक, काठमाडौं । ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरूष’ ले मोफसल भ्रमण सकेको छ । गत असोज २५ मा पुर्वको बिर्तामोडबाट सुरु भएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो ।
मोफसलको प्रचारमा फिल्मका कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, गायिका एन्जिला रेग्मी लगायत थिए ।
अभिनेता हरिवंशले कोरोनाको महामारी पश्चात दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा खुशी लागेको बताए । कार्यकारी निर्मातासँगै कलाकारसमेत रहेका रवीन्द्र सिंह बानियाँले दर्शक फिल्म प्रति उत्साहित रहेको बताए ।
फिल्ममा दुई पुस्ताको प्रेम देखाइएको छ । सन्तानले अभिभावक र अभिभावकले सन्तानसँग चाहने भावनात्मक सम्बन्धलाई लिएर फिल्म तयार पारिएको छ । यसमा निर्देशक प्रदीप भट्टराईकै लेखन रहेको छ । षट्कोण आर्ट्सको व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने
फागुन १६, २०८१ शुक्रबार
‘रेशम फिलिली’ र भूकम्पको अनौठो सम्बन्ध !
फागुन १६, २०८१ शुक्रबार
फिल्म 'लाज शरणम्' ले पहिलो दिन कति कमायो ?
फागुन १६, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार