४५ वटा कम्पनीले लिए ब्रोकर लाइसेन्सका लागि सिफारिस
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार १८:८:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/dhitopatra-board_b2PZ8BWFzT.jpg)
१ कार्तिक,काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट ४५ वटा कम्पनीले ब्रोकर व्यवसायका लागि सिफारिस लिएका छन् । नेपाल धितोपत्र बोर्डमा आवेदन दिने अन्तिम दिनसम्म ती कम्पनीहरूले धितोपत्र व्यवसाय सञ्चालन अनुमतिका लागि नेप्सेबाट सिफारिस लिएका हुन् ।
नयाँ ब्रोकर लाइसेन्सका लागि बोर्डमा आवेदन दिनु पूर्व नेप्सेबाट सिफारिस लिनुपर्ने छ। नेप्सेले सोमबार नै नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ वटा कम्पनी सिफारिस गरेको छ। तर बोर्डमा भने ४६ वटा कम्पनीको आवेदन परेको छ।
स्टक एक्सचेन्जले आजसम्म ४५ वटा कम्पनीलाई सिफारिस दिएको छ। तर यता बोर्डमा ४६ वटाको आवेदनपरेको छ ।सनी सेक्युरिटिज कम्पनीले सेवा थपका लागि फुल ब्रोकरका लागि आवेदन दिएको हो। सनी सेक्यूरिटिज ५० वटा ब्रोकर भित्रकै ब्रोकर हो। यसैक कारण नेप्से र बोर्डको तथ्यांकमा फरक देखिएको हो । सनी सेक्युरिटिजले अहिले पनि ब्रोकर सेवा उपलब्ध गराउँदै आएको छ।
४५ कम्पनीमध्ये एउटा कम्पनीले एक अर्ब ५० करोड चुक्तापुँजी भएको धितोपत्र व्यापार गर्न सिफारिस लिएको छ । त्यसैगरी ६० अर्ब चुक्तापुँजी भएका तीन वटा कम्पनीले नेप्सेबाट सिफारिस लिएका छन् । ३० करोडभन्दा कम र २० करोड भन्दा बढी चुक्तापुँजी भएका कम्पनी ४१ वटा रहेका छन् ।
एक अर्ब ५० करोड चुक्तापुँजी भएको नबिल सेक्युरिटिज लिमिटेड रहेको छ । त्यसैगरी ६० करोड चुक्तापुँजी हुनेमा मेगा स्टक मार्केट्स लिमिटेड, हिमालयन सेक्युरिटिज लिमिटेड र सेन्चुरी सेक्युरिटिज लिमिटेड रहेका छन् । सीमित कार्य गर्ने कम्पनीहरुमा भोले गणेश सेक्युरिटिज, कलश सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, केबिएल सेक्युरिटिज, शेयर प्रो सेक्युरिटिज लगायत ४१ वटा छन्।
बोर्डले शेयर ब्रोकरहरूलाई सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यापारी गरी तीन प्रकारमा विभाजन गरेको छ ।
नेप्सेले धितोपत्र व्यवसाय सञ्चालनका लागि तोकिएको मापदण्ड पुरा गरेर कम्पनीलाई लिखित रूपमा सिफारिस दिँदै आएको छ । नेप्सेको सिफारिसका लागि आएका आवेदनमध्ये कुनै पनि कम्पनी मापदण्ड नपुगेका कारण फिर्ता नभएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए ।
धितोपत्र दलाल व्यवसाय गर्न चाहनेले कम्पनी कानुनमा तोकिएको मापदण्ड पुरा गरी नेप्सेको सिफारिससहित धितोपत्र बोर्डमा आवेदन दिनु पर्नेछ । धितोपत्र बोर्डमा दिएका आवेदन उपर बोर्डले आवश्यक अध्ययन गरेर उपयुक्त लागेका कम्पनीलाई धितोपत्र व्यवसायीको अनुमतिपत्र प्रदान गर्नेछ ।
बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि गत असोज २ गते एक सूचना जारी गर्दै ३० दिन भित्र आवेदन पेश गर्न आह्वान गरेको थियो। बोर्डले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावलीलाई पाँचौ पटक संशोधन गरी थप नयाँ ब्रोकर कम्पनीहरुका लागि दर्खास्त आह्वान गरेको हो।
नयाँ ब्रोकर लाइसेन्सका लागि आजसम्म बोर्डमा रितपूर्वक आवेदन दिएका कम्पनीहरुको आवेदन जाँचबुझ पछि उपयुक्त ठहरिएमा कम्पनीलाई बोर्डले पहिलो चरणमा पूर्वाधार निर्माणका लागि सूचित गर्नेछ।
कम्पनीले पूर्वधार तयार गरेपछि बोर्डलाई जानकारी दिनुपर्ने छ। त्यसको ३० दिनभित्र बोर्डले स्थलगत अध्ययन गरी जाँचबुँज गर्छ। पूर्वाधार पर्याप्त देखिएमा मात्रै धितोपत्र व्यवसाय संचालन गर्ने अनुमति दिन्छ। तर जाँचबुँझ गर्दा पर्याप्त पूर्वधार नदेखिएमा भने बोर्डले तीन महिनाको समय तोकेर व्यवस्थापनको समय उपलब्ध गराउँछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार साढे १९ अकले बढ्यो बजारः २७ सय नजिक पुग्यो नेप्से, ९ अर्ब ४७ करोडको कारोबार
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार