बैंक अफ काठमाण्डूको चाडवाड लक्षित २५% सम्मको नगदफिर्ता योजना सार्वजानिक
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार १९:१५:४४
१ कात्तिक, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।
यस नगदफिर्ता योजना कार्तिक १ गते मंगलबारदेखि कार्तिक ६ गते आइतबारसम्मका लागी मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकहरुले मात्र नगदफिर्ता पाउने छन् । उक्त नगदफिर्ता योजना अन्र्तगत बैंकको मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले नगदफिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५% वा रु. १५० सम्मको नगदफिर्ता पाउने भएका छन् । बैंकले यस योजनाबाट समग्र विद्युतीय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ ।
यस बैंकले ग्राहकहरु तथा शेधरधनीहरुको उच्चतम् लाभलाई ध्यानमा राखी विभिन्न समयमा ल्याएको विभिन्न ग्राहक मैत्री योजनाहरु तथा बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई २०.९५% लाभाशं वितरण गर्ने प्रस्ताव ल्याएको विदितै छ । बैंकले प्रास्तव गरेको उच्चतम् लाभाशंले ग्राहकहरु तथा शेयरधनीहरुको हितलाई बैंकले सधै आत्मसात गरी कार्यसम्पादन गरीरहेको अझै पुष्टि भएको छ ।
विद्युतीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहकलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
मंसिर २, २०८१ आइतबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
परराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
आँबुखैरेनी अस्पतालले दियो एक सय १७ महिलालाई प्रसूति सेवा
मंसिर २, २०८१ आइतबार