मल्टिस्टारर ‘लाखे’ को ‘ऐया बाबा तिम्रो पिरेम’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार १९:३१:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/baba_3mPQNIJhrm.jpg)
१ कात्तिक, काठमाडौं । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्म ‘लाखे’ मा समाबेश ‘ऐया बाबा तिम्रो पिरेम’ सार्वजनीक गरिएको छ । कार्तिक १८ गते प्रदर्शन हुने फिल्मको आइतबार राजधानीमा आयोजीत प्रेसमिटमा सो गीत प्रदर्शन गरिएको हो ।
सदीक्षा कट्टेल र हर्कुलस बस्नेतको स्वर तथा हर्कुलसकै शब्द,संगीत रहेको गीतको भिडियोमा सौगात मल्ल,अनुपबिक्रम शाही,आर्यन अधिकारी,सुशील सिटौला,रक्षा बुढाथोकीका साथमा सुक्मित घिसीङलाई प्रस्तुत गरिएको छ ।
कार्यक्रममा अभिनेता अनुपबिक्रम शाही,प्रशान्त ताम्राकार,अर्पण थापा,आर्यन अधिकारी,संजोग राणा,रोहित रुम्बा,सुक्मित घिसिङलगायतले ‘लाखे’ मनोरञ्जनको प्याकेज रहेको बताए । उनीहरुले आम दर्शकले मन पराउने बिषयमा फिल्म निर्माण गरिएको जनाउदै सबैलाई ‘लाखे’ हेर्न निमन्त्रणा गरे ।
पोस्टर तथा ट्रेलरबाट दर्शकलाई कुतुहलता जगाउन सफल ‘लाखे’ को यो गीत पनि सबैलाई मन पर्ने बिश्वास निर्माण टिमको छ । फिल्मका निर्माता त्रय डिपी भण्डारी,हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी (जिएम) ले आफूहरु नयाँ भए तापनि फिल्म मज्बुत बनेकाले ‘लाखे’ पछि पनि निरन्तर निर्माणमा लाग्ने प्रतिबद्धता दोहोर्याए । कोरियोग्राफर कबिराज गहतराजले आफ्ना बिगतका गीतहरु झै यो आइटम पनि दर्शकको मन मस्तिष्कमा बस्ने दावी गरे ।
डेंगु संक्रमणका कारण निर्देशक सम्राट बस्नेत र गीतका क्यामेराम्यान सौरभ लामा उपस्थित हुन नसकेको कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदीलगायतले ‘लाखे’ लाई सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् । सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा बुढाथोकी,कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा रहेको फिल्मको द्धन्द्ध पनि निर्देशक सम्राटले नै निर्देशन गरेका छन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।
औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मकोे पटकथा आकाश बरालले हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।
हेर्नुस् गीत :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार