नाइजेरियाको चर्चमा बन्दुकधारीद्वारा आक्रमण, दुईको ज्यान गयो
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार २१:१४:४३
१ कात्तिक, एजेन्सी । नाइजेरियाको मध्य क्षेत्रमा रहेको एक चर्चमा भएको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका नाइजेरियाली प्रहरीले सोमबार जनाएको छ ।
घटना आइतबार अबेर राति भएको हो । अज्ञात बन्दुकधारीहरुको समूहले केन्द्रीय राज्य कोगीको फेले क्षेत्रको सेलेस्टियल चर्च अफ क्राइस्टमा एक कार्यक्रममा भाग लिइरहेका उपासकहरूलाई अन्धाधुन्ध गोली प्रहार गरेको प्रान्तीय राजधानी लोकोजामा राज्यका प्रहरी प्रवक्ता विलियम ओभिए–आयाले बताए ।
दुई महिला उपासकहरू पहिले नै मारिएका र अन्य धेरै घाइते भएका जनाइएको छ । प्रहरी पुगेपछि बन्दुकधारीहरु फरार भएका थिए ।
आक्रमणकारीको खोजी भइरहेको र मृतकहरुलाई शव गृहमा राखिएको र घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले बताएका छन् । अहिलेसम्म आक्रमणकारीहरु पक्राउ परेको घोषणा गरिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सुरक्षा बलसँगको भिडन्तमा शीर्ष कमान्डरसहित १४ माओवादीको मृत्यु
माघ ८, २०८१ मंगलबार
सी जिनपिङ र पुटिनबीच भिडियो वार्ता
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार