संविधान कुल्चनेका विरुद्ध वाम-लोकतान्त्रिक गठबन्धन : माधव नेपाल
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार २१:४७:३५
१ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको स्थायित्व र संविधान जोगाउन वर्तमान गठबन्धन बनेको बताएका छन् ।
ललितपुरमा आज आयोजित सत्तारुढ गठबन्धन दलका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दुईदुई पटक संसद् विघटन गरेर संविधान कुल्चनेका विरुद्ध गठबन्धन बनेको बताए । ‘दुईदुई पटक संसद् विघटन गरेर संविधान कुल्चने काम भयो, मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशिस भयो’ उनले भने, ‘त्यसको विपक्षमा हामी उभियौं, संविधान र लोकतन्त्र पनि जोगायौं ।’
संविधानको आफूखुसी व्याख्या गर्दै मुलुकलाई तानाशाही व्यवस्थामा लैजाने प्रवृत्तिलाई आफूले असफल पारेको उनको भनाइ थियो । ‘गणतन्त्र मास्ने अभियान शुरु हुन खोज्दै थियो’, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘हामीले देशलाई अस्थिरताबाट बचाएर स्थिरतातर्फ लिएर गयौं ।’
जनताको बलमा प्राप्त उपलब्धिलाई जोगाउँदै मुलुकलाई स्थिरतातर्फ लैजाने पवित्र उद्देश्यका साथ वाम र लोकतान्त्रिक पार्टीबीचको गठबन्धन बनाइएको उनको भनाइ थियो । ‘वाम र लोकतान्त्रिक शक्ति एकतावद्ध भएको लामो परम्परा छ’, अध्यक्ष नेपालले भने, ‘विगतमा वाम र लोकतान्त्रिक शक्ति मिलेर राणा शासन, पञ्चायत र राजसंस्थाको अन्त्य गरियो ।’
संविधानको रक्षा गर्न बनेको गठबन्धनलाई लक्षित गर्दै विपक्षीले लगाएको आरोपको सबै मिलेर खण्डन गर्नुपर्नेमा जोड दिँदै उनले विपक्षी गठबन्धनलाई काउन्टर जवाफ दिन निर्देशन दिए । तथ्य अगाडि सारेर तर्कपूर्ण ढङ्गले गलत कुरालाई खण्डन गर्नुपर्ने उनको भनाइ थियो । जनताको माझमा पुग्न सक्ने शक्तिले नै चुनाव जित्ने उनले बताए ।
उनले केपी ओलीले नेतृत्व गरेको गठबन्धन अपवित्र भएको टिप्पणी समेत गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार