काठमाडौं-२ मा चुनाव जितेर देखाउन गठबन्धनका उम्मेदवार घर्तीलाई स्वतन्त्रकी ढकालको चेतावनी !
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार २१:५५:३५
१ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र न. २ को भिडन्त रोचक हुने देखिएको छ । यो क्षेत्रमा सत्ता गठबन्धन र अन्य दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको चर्चा बढी हुन थालेको छ । गठबन्धनका तर्फबाट यो क्षेत्रमा पूर्वसभामुख एवं नेकपा माओवादीकी नेतृ ओनसरी घर्ती मैदानमा छन् ।
काठमाडौं क्षेत्र नं २ मा घर्तीसँगै एमालेबाट पार्टीको बागमती प्रदेश कमिटी सदस्य मणिराम फुयाल, राप्रपाबाट कुन्तीदेवी पोखरेल र स्वतन्त्रकी भगवती ढकालसहित २६ जना पुरुष र ५ जना महिला गरी ३१ जना उम्मेदवार मैदानमा छन् । पछिल्लो समय स्वतन्त्रबाट उम्मेदवारी दिएकी भगवती ढकालको चर्चा बढी सुनिन थालेको स्थानीयहरु बताउँछन् । ढकालले गठबन्धनका उम्मेदवार ओनसरी घर्तीलाई चुनाव जितर देखाउन चुनौतिसमेत दिएकी छन् ।
नेपालबहससँग कुरागर्दै स्वतन्त्र उम्मेदवार भगवती ढकालले भनिन, ‘काठमाडौं क्षेत्र न. २ को मत विभाजित छ । यो क्षेत्रमा माओवादी कम्जोर छ भने एमालेका उम्मेदवारले १२ हजार पनि कटाउन मुस्किल छ । गठबन्धनका उम्मेदवारलाई कांग्रेसको सबै मत जाँदैन । राप्रपाले ३ देखि ५ हजार मत कटाउँदा अन्य उम्मेदवारहरुले पनि काट्छन् । यसकारण यो क्षत्रमा गठबन्धन र एमालेका उम्मेदवारले जित्ने सम्भावना नै छैन् ।’
पूर्वसभामुख ओनसरी घर्तीका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ यो दोस्रो चुनाव हो । पहिलोपटक ०६४ सालमा समानुपातिकबाट संसद् प्रवेश गरेकी घर्ती ०७० सालमा रोल्पाबाट प्रत्यक्षतर्फ निर्वाचित भएकी थिइन् । त्यसपछि ०७४ सालको चुनावमा भने उनी पुनः समानुपातिकमै बसिन् । अहिले उनलाई कांग्रेससहितका दलहरुले सघाएका छन् । तर, स्वतन्त्रकी उम्मेदवार ढकालको विश्लेषण भने फरक छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकमार नेपालको परिवारसँग विगतमा नातासमेत रहेकी ढकाल पनि पूर्वमाओवादी नै हुन् । उनले यो क्षेत्रमा रहेको माओवादीको ७० प्रतिशत भोट आफुलाई आउने दावी गरेकी छन् । उनी यसअघि सभामुख अग्निप्रसाद सापकोटासंग राजनीति गरेको बताउँछिन् । यो क्षेत्रमा उनका जिल्लाबासीहरु धेरै भएकाले पनि चुनावमा गठबन्धनका उम्मेदवारलाई हराउने उनको दावी छ ।
स्वतन्त्र उम्मेदवार रहेकी ढकाल काठमाडौं क्षेत्र न. २ मा शहरी इलाका बाहेकको ७० प्रतिशत भोट आफ्नो भएको दावी नेपालबहससँग गरेकी छन् । उनले २० देखि २५ प्रतिशत एमालेको भोट आफुले पाउने दावी गर्दै नेकपा समाजवादी र नेपाली कांग्रेसबाट पनि घर्तीकै हाराहारीमा मत पाउने बताउँदै एमालेको उम्मेदवारसँग आफ्नो प्रतिस्पर्धा नै नहुने दावी गरिन् ।
उनले निर्वाचन आयोगबाट सूर्यमुखी फुल चुनाव चिह्न पाएकी छन् । यही चिह्न लिएर ढकाल अहिले मैदानमा उत्रिएकी छन् । पार्टी गत उम्मेदवारलाई जिताएर जनताले केही नपाएकाले आफुले स्वतन्त्रमा उम्मेदवारी दिएको बताउँदै आएकी अरुलाई पटक पटक सम्झीरहने जनाताले यो पटक आफुलाई सम्झने उनको भनाइ छ ।
सुर्यमुखी फुल बोकेर भोट मागिरहेकी ढकालले चुनाब जितेर आफुले पाउने सबै तलबभत्ता नलिने र आएको जति अनाथ बालबालीकालाई प्रदान गर्ने बताउँदै आएकी छन् । ढकालले ओनसरी घर्तीलाई महीला विरोधी भएको भन्दै आफुले भोट पाउनुपर्ने दावी गरिहेकी छन् । उनले घर्ती नै आफ्नो मुख्य प्रतिस्पर्धी हुने बताएकी छन् । सिन्धुपाल्चोक माइत भएका कारण पनि ढकालले काठमाडौं क्षेत्र न.–२ का जनताले आफुलाई मतदान गर्ने दावी गरेकी छन् ।
समानुपातिक र प्रत्यक्ष गरी तीनपटक संसद् छिरेकी घर्तीले यसपटक काठमाडौं–२ लाई चुनावी क्षेत्र त बनाइन् तर, जित निकाल्न भने सहज देखिदैन् । माओवादीको प्रभाव न्यून रहेको काठमाडौंलाई घर्तीको रोजाइमा परेपछि यसलाई थप चासोको साथ हेरिएको छ । जबकी यसअघिको प्रतिनिधिसभा निर्वाचनमा सिंगो काठमाडौं उपत्यकाबाट १० मध्ये माओवादीले एक सिटमात्र जित हात पारेको थियो ।
स्वतन्त्र उम्मेदवार ढकालकै भनाइ मानने हो भने पनि गत स्थानीय तहकै नतिजा हेर्दा पनि काठमाडौं क्षेत्र नम्बर २ मा माओवादी तेस्रो शक्तिको रुपमा देखिन्छ । यो क्षेत्रमा शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र काठमाडौं महानगरपालिकाका २ वटा वडा पर्छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको वडागत मत परिणाम हेर्दा यो क्षेत्रमा नेकपा एमाले अगाडि देखिन्छ । २० हजार ६५५ मतसहित नेकपा एमाले पहिलो दल बनेको थियो भने सत्ता गठबन्धनमा रहेको दल नेपाली कांग्रेसले १७ हजार ३६९ मत पाएको थियो । त्यस्तै, माओवादीले ३ हजार १७४ मत ल्याई तेस्रो शक्तिमा खुम्चिनु परेको थियो ।
यसअघि माधवकुमार नेपाल निर्वाचित हुँदै आए पनि गत चुनावमा वडाध्यक्षको मत हेर्दा उनकै पार्टी एकीकृत समाजवादी पनि यो क्षेत्रमा शक्तिशाली देखिन्न । नेकपा एसले ७ हजार ९७८ मत ल्याएको थियो । यो मत पनि आधा आफुलाई आउने ढकालको दावी कायमै छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले ७ हजार ३६० मत ल्याएको थियो भने अन्य दलको ४७६ मत थियो ।
दलहरुको छुट्टाछुट्टै मत हेर्दा एमाले अगाडि देखिए पनि समग्रमा जोड्दा भने गठबन्धन अगाडि देखिन्छ । सत्ता गठबन्धनमा रहेका दलहरुले वडाध्यक्षमा पाएको मत जोड्दा यो क्षेत्रमा २८ हजार ५२१ हुन आउँछ । यदि यही अनुपातमा मत खसे संसदीय चुनावमा सत्ता गठबन्धन एमालेभन्दा ७ हजार हाराहारी मतले अगाडि हुने देखिन्छ । तर, यो क्षेत्रमा माओवादीकोसमेत साथ पाएकी स्वतन्त्र उम्मेदवार ढकाल कम आक्न नमिल्ने स्थानीयहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार