मौसम खुलेपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार २२:४८:८
१ कात्तिक, कैलाली । झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । अविरल वर्षा भएपछि अघिल्लो वर्ष झै पूरै धानबाली क्षति हुन लागेकामा किसान चिन्तामा थिए तर चार÷पाँच दिनको अविरल वर्षापछि आकाश खुलेपछि किसान हिजोआज बिहानैदेखि झिसमिसे अँध्यारोसम्म पनि खेतमै भेटिन्छन् । अहिले धान काट्न, थुपार्न र थ्रेसर गर्नमै व्यस्त देखिएका उनीहरु आकाश खुलेर धान काट्न पाएकामा खुशी छन् ।
परिवारका सानादेखि ठूला सबै सदस्य कोही धान काटिरहेका हुन्छन् त कोही काटेको धान थुपारिरहेका हुन्छन् । धनगढी उपमहानगरपालिका– २ की किसान मनसरा साउदले खेतमा धान पाकेर झर्ने अवस्थामा पुगेकाले आफू बिहानदेखि खेतमा व्यस्त हुने गरेको सुनाउछपन । उनले भनिन, “हिजोआज घरको सबै काम छोडेर पनि खेतमै बढी समय बिताउने गरेको छु । र बिहान पनि सबेरै खेतमा जान्छौँ र झिसमिसे अँध्यारोसम्म खेतमै हुन्छौँ ।”
बडादशैंको भोलिपल्टदेखि सुरु भएको लगातारको बेमौसमी वर्षाले लगानी र मेहनत डुब्ने चिन्ताले यस क्षेत्रका अधिकांश किसानका मनमा खिन्नता भएको थियो तर वर्षा रोकिसँगै आकाश खुलेपछि किसानले बाली भित्र्याउन पाइने भएकामा खुशी व्यक्त गरेका हुन् । खेतमा धान काट्दै गरेका धनगढीको पुरानो भन्सार कटान गाउँका किसान ललित विष्टले मौसम सफा भएपछि रातिको १२ बजेसम्म पनि धान भित्र्याउनका लागि थ्रिसेर मेसिनको पालो कुर्नु परेको बताए ।
गतवर्ष वर्षाले पूरै धानबाली नोक्सान गरेपछि यसपाली छिटोछिटो बाली भित्र्याउन किसान हतारिएका छन् । कतिपय किसान त अघिल्लो वर्ष वर्षाको पानीले धानबाली नोक्सान गरेपछि त्यस किसिमको जोखिमबाट समयमै सचेत रही बाली छिटो भित्र्याउनका लागि ज्यालादारीमा थप कामदार लगाई धान भित्र्याउन लागिपरेका छन् ।
हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानसमेत यति बेला वर्षापछिको मौसम खुलेपछि आधुनिक उपकरण प्रयोग गरी धान भित्र्याउने गरेको पाइन्छ । किसान पहिले एकअर्कासँग पालोपैँचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथ्ये भने हिजोआज ती परम्परागत प्रविधि विस्थापित हुन थालेका छन् ।
किसानका खेतमा यसवर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४लगायत धानका उन्नत जात बढी मात्रामा देखिन्छन् । गतवर्ष वर्षाले खेत डुबानमा परेपछि किसानले हप्तौँ दिनसम्म पनि धान उठाउन सकेका थिएनन् । खेत पानीले तलाउमा परिणत भएका थिए । काटेर चुट्न थुपारिएका धान खेतको पानीमै तैरिनाका साथै खेतमै धान उम्रिएर जमरा झै भएको थियो । कुहिएर धान पूर्णरुपमा क्षति भएको थियो । घरपालुवा पशुचौपायाको आहाराको लागि प्रयोग गरिने परालसमेत खेतमै कुहिएको थियो । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार