चुनावविरोधी पर्चा बाँड्ने बहुमतका नेता कार्यकर्ता गिरफ्तार
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ बुधबार ०:९:१६
१ कात्तिक, हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिष्कारको घोषणा गरेको नेकपा बहुमतका दुईजना नेता हेटौंडाबाट गिरफ्तार भएका छन् ।
चुनाव बहिस्कारको पर्चा वितरण तथा भित्तेलेखन गर्दैगर्दा बहुमतका मकवानपुर इन्चार्ज ध्रुव खड्का र जिल्ला संयोजक विक्रम मगरलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । चुनावविरोधी गतिविधि गरिरहेको पाइएपछि दुईजनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यता नेकपा (क्रान्तिकारी माओवादी)ले पनि पूर्व घोषित कार्यक्रम चुनाव बहिष्कारको अभियानमा खटिएका आफ्ना नेता कार्यकर्ताहरुमाथि गिरफ्तार श्रृंखला जारी राखेको भन्दै गिरफ्तारीको निन्दा गर्दै उक्त कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ ।
पार्टीका प्रवक्ता हरिभक्त कँडेलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रुपमा गरिएका निर्वाचन बहिष्कार कार्यक्रममाथि देउवा सरकारको प्रहरी प्रशासनले गिरफ्तार गर्ने, प्रचार प्रसार सामग्री कब्जा गर्ने र कार्यक्रममा अवरोध कार्य तत्काल नरोकिए प्रतिरोध संघर्षमा उत्रने जनाएका छन् ।
प्रहरीले सुर्खेत, अर्घाखाँची, गुल्मी लगायतका जिल्लाबाट नेता कार्यकर्तामाथि धरपकड गरेकाे जनाउँदै मंगलबार बैतडीको पाटनमा कार्यक्रम सकेर हिड्ने क्रममा प्रहरीले प्रचार प्रसारका सामग्री कब्जा गरेको विज्ञप्तिमा जनाइएकाे छ ।
नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
माघ ८, २०८१ मंगलबार
यो सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको हो : उपप्रधानमन्त्री सिंह
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार