घोषणापत्र हेरेर फर्किएपछि ओलीमा किन आयो एक्कासी परिवर्तन ?
केदार भट्टराई (काका)
कात्तिक २, २०७९ बुधबार १६:३५:४१
२ कात्तिक, काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणापत्रलाई अन्तिम रुपम दिएर रिसोर्टबाट फर्किएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बोली र व्यवहारमा एक्कासी परिवर्तन देखिएको छ । उनी अहिले चुनावी प्रक्रियामा भन्दा अन्य कुरामा आफ्नो ध्यान मोड्न खोजिरहेका छन् ।
घोषणापत्र हेरेर फर्किएपछि उनको स्वास्थ्यमा समेत गडबडी देखिएको छ । चुनाव प्रचार अभियानका लागि काठमाडौंबाट झापा पुगेका ओली एक्कासी बिरामी समेत परेका छन् । आज बुधबार राखिएका सबै कार्यक्रम मंगलबार नै स्थगित गर्न लगाएपनि आज भने उनी सहभागी हुने बताइएको छ । उनी सोमबारदेखि नै अस्वस्थ्य रहँदै आएको बताइएको छ ।
अध्यक्ष ओलीले शनिबार ललितपुरको लाँकुरीभन्ज्याङस्थित ‘द टेरेसेस रिसोर्ट’बाट घोषणापत्रलाई अन्तिम रूप दिएका थिए । मस्यौदा समितिका संयोजकसमेत रहेका ओलीले अन्तिम रूप दिनका लागि महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको सहयोग लिएपछि पाँच वर्षमा पच्चीस मूख्य योजनालाई प्राथमिकता दिएको घोषणापत्रको खाका तयार पारेर फर्किएका ओलीमा परिवर्तन आएको एमालेकै नेताहरु पनि बताउँछन् ।
पार्टीले जारी गर्ने घोषणापत्रको काम सकेर फर्किएपछि ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फेसबुकमार्फत सार्वजनिक बहसका लागि निमन्त्रणा दिए । उनले के विषयमा देउवासँग बहस गर्न चाहेका हुन भन्ने खुलाएका छैनन् ।राजनीतिक विश्लेषकहरुको भनाइमा ओली संसद विघटन गलत थिएन भन्ने कुरालाई पुष्टि गर्न चाहिरहेका छन् ।
सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेट’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेण्डामा आधारित बहसका लागि आफू तयार रहेको र तयार भए आउन देउवालाई निम्ता दिएका छन् । उनले पश्चिमा देशहरुमा चुनावको बेला ‘लाइभ डिबेट’ हुने गरेको उल्लेख गर्दै नेपालमा पनि त्यो परिपाटी बसाल्नुपर्ने उनको चाहनाभित्र गठबन्धनका विषय पनि लुकेको बताइन्छ ।
आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमालेले प्रतिस्पर्धा गर्नुपर्दैछ । त्यसमा पनि उनलाई प्रतिगामी र संसदीय व्यवस्था विरोधी भन्दै ओरोप लगाइएकाले यसको असर निर्वाचनमा प्रत्यक्ष पर्ने ओलीको अनुमान छ । यसलाई उनी आफुले सकेजति प्रस्ट्याउन चाहान्छ । मुलतः संसद विघटन सही थियो भन्ने कुरालाई नै ओलीले महत्व दिइरहेका छन् ।
कांग्रेस सभापति देउवालाई ‘लाइभ डिबेट’ का लागि निम्ता दिएका ओलीले यही विषयमा फोन संवादका लागि जनतालाई पनि आग्रह गरेका छन् । ओलीले कात्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने विषय पनि समाजिक सञ्जालमार्फत नै जानकारी गराएका छन् । ‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर शेयर गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘कात्तिक ४ गते, म तपाईँको सम्पर्कमा हुनेछु, आउनुहोस् कुरा गरौं ।’ ओलीसँग कुराकानी गर्न चाहनेले उनको फेसबुकको म्यासेज बक्समा आफ्नो नम्बर दिनु पर्नेछ ।
म्यासेज बक्समा नम्बर दिएपछि ‘कल केपी बा’बाट फोन आउने छ र जनताले सोधेको प्रश्नको जवाफ ओलीले दिनेछन् । तर, यसमा उनले उत्तर दिन चाहेको विषयमा प्रश्नकर्ताले प्रश्न नसोध्न सक्छन् । यसका लागि पनि ओलीको ‘कल केपी बा’ मा उनले उत्तर दिन चाहेको प्रश्नकर्ताहरु अगाडी नै तयार पारेर राखिने बताइएको छ ।
जेहोस् जसरी भएपनि उनी दुई दुई पटकको संसद विघटन गलत थिएन र अहिले नेपालमा कोरिएका विकासका रेखा आफ्नो नेतृत्वको सरकारले गरेको भन्ने कुरा धोको पुगुन्जेल राख्न चाहन्छन् । काठमाडौंको धरहरादेखि झापाको भ्यू टावरसम्मका विषय ओलीले चुनाव प्रचारका लागि छानेका छन् । यी विषय एक ठाउँको भाषणबाट मात्र सर्वत्र नजाने भएकाले उनी एक ठाउँबाट देशभर आफ्ना कुरा सुनिएन भन्ने चाहिरहेका छन् ।
ओलीलाई आफ्नो पार्टीको घोषणापत्रका विषयमा पनि कौतुहलता छ । कांग्रेस घोषणापत्र बजार नआइकन चर्चामा आएकाले उनले एमालेको घोषणापत्रको पनि चर्चा चाहेका छन् । ओलीले खासगरी सत्तारूढ गठबन्धनले सरकारको नेतृत्व गरेपछि नेपालको राष्ट्रियता कमजोर बनेर नेपालको स्वाधीनता र स्वाभिमानमा ठूलो चुनौती देखिएको बताउन चाहिरहेका छन् ।
गठबन्धनमा खेल्दै ओलीले नेपाल शक्तिराष्ट्रहरूको भूराजनीतिक द्वन्द्वको खेलमैदान बन्न सक्ने सम्भाव्य जोखिमबाट जोगाएर मुलुकको स्वाधीनता र राष्ट्रिय स्वाभिमानको रक्षा र अभिवृद्धि गर्ने, त्यसका लागि सन्तुलित परराष्ट्र नीतिमा उच्च महत्वका साथ ध्यान दिइने विषयलाई प्राथमिकताका साथ घोषणापत्रमा समेटेका छन् ।
मुलतःकालापानी, लिपुलेक र लिम्पियाधुरा मिचिएको भूभाग समेटेर एमाले नेतृत्वकै सरकारले नक्सा प्रकाशन गरे पनि अहिलेको सरकारले भूमि फिर्ता गर्न नसकेकाले भारतसँग कूटनीतिक वार्ताका माध्यमबाट भूमि फिर्ता गर्ने प्रतिबद्धता जस्ता विषयलाई एमाले अध्यक्ष ओलीले सार्वजनिक बहसमा ल्याउन चाहिरहेका छन् । यी कारणले गर्दा केहिदिन यता ओलीमा धेरै किसिमका उतावचढाव देखिन थालेका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
सोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
डा ओम फाउन्डेसनद्वारा ब्लाङ्केट वितरण
मंसिर २८, २०८१ शुक्रबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार