आगामी निर्वाचन जीवनमरणको सवाल होः प्रचण्ड
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार १८:३२:३३
२ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी ४ मंसिरमा हुने चुनाव जीवन मरणाको सवाल भएको बताएका छन्र । उनले चुनाव सामान्य भोट हाल्ने विषय मात्र नभएर प्राप्त उपलब्धिको रक्षा गर्ने र त्यसलाई उल्ट्याउन चाहने तत्वबीचको लडाइँ भएको बताएका छन् ।
प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको ‘मिलन स्मारिका’ विमोचनका क्रममा बुधबार बिहान उनले आगामी निर्वाचन आफूहरूका लागि मात्र नभएर नेपाली जनताकै जीवनमरणको सवाल भएको बताए ।
आगामी चुनाव दुई वटा प्रवृत्ति र विचारबीच लडाइँ हुने दिन भएको समेत बताए । ‘वास्तविक रुपमा आउँदो मंसिर ४ मा दुइटा विचार, दुईटा प्रवृत्ति, दुइटा धाराको बीचमा ब्याटल हुँदैछ। यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुइटा विचार, दुईटा प्रवृत्ति, दुइटा धारा र शक्ति आमनेसामने छन्’, प्रचण्डले भने ।
प्रचण्डले चुनाव जनक्रान्ति र जनयुद्धका उपलब्धि रक्षा गर्ने त्यो उल्ट्याउन खोज्नेबीचको लडाइँ जस्तो भएको उल्लेख गर्दै माओवादीसँग हिजो जस्तो फौज नभएकाले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै आफ्नो श्रेष्ठता सावित गर्नुपर्ने चुनौती रहेको बताए ।
‘हामीसँग हिजोको जस्तो फौज त छैन । हामी शान्तिपूर्ण प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता सावित गर्ने चरणमा छौं’, अध्यक्ष प्रचण्डले भने, ‘समाजवादको उद्देश्य प्राप्तिका निम्ति नयाँ तरिकाको बाटो कोर्दैछौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री यादव
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार