टेबलटेनिस ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार १८:४७:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/tabal-tenis_aOEvOXYWMO.jpg)
२ कात्तिक, गण्डकी । नवौंँ राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिसमा नेपाल प्रहरी टिम च्याम्पियन भएको छ । आज सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो ।
प्रतियोगितामा प्रहरी ६ स्वर्ण, २ रजत र ४ कास्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिस्पर्धीका रुपमा रहेको सशस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ कास्य पदक पाउँदै दोस्रो स्थान पाउन सफल रह्यो ।
त्यस्तै बागमती प्रदेशले १ रजत र २ कास्यसहित तेस्रो स्थान प्राप्त ग¥यो । प्रतियोगितामा आर्मीले २ कास्य, एनआरएनएले २ कास्य, प्रदेश १ ले २ कास्य र गण्डकी प्रदेशले १ कास्य पदक हात पारेका छन् ।
आजै सम्पन्न महिला सिङ्गल्सको स्वर्ण पदक नविता श्रेष्ठले हात पारेकी छिन । पदक विजेता श्रेष्ठले ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ को ३–४ सेटले एलिना महर्जनलाई पराजित गरेकी हुन् ।
प्रतिस्पर्धी खेलाडी दुवै नेपाल पुलिसका हुन् । विजेता श्रेष्ठले पदकसहित नगद पुरस्कार रु २५ रुपैयाँ पाउन सफल बने भने एलिनाले रजत पदक जितिन । प्रतियोगितामा एपिएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले कास्य पदक पाउन सफल बने । यसैगरी पुरुष सिङ्गल्सतर्फ स्यान्टु श्रेष्ठले स्वर्ण पदक पाउन सफल भए ।
नेपाल प्रहरीका स्यान्टु श्रेष्ठले एपीएफका रुविन महर्जनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ को ४–१ सेटले पराजित गरिन । श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल बनिन भने रुविनले रजतमा चित्त बुझाउनुप¥यो । यसैगरी नेपाल प्रहरीका प्रदीप रोका र एपीएफका संयोग कपालीले कास्य पदक प्राप्त गरिन । प्रतियोगितामा सहभागी मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश पदकविहीन बन्नुप¥यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान
फागुन ६, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार