ओलीसँगको सहकार्यले जसपालाई झड्का, सप्तरी-२ यादवका लागि असहज बन्दै
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार १९:२१:२
२ कात्तिक, सप्तरी । आगामी मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेसँग मधेश प्रदेशका आठ जिल्लामा १७ सीट लिएर चुनावी तालमेल गरेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई यतिबेला मधेशले उठाएको मुल मुद्दालाई जनतासम्म पुर्याउन समस्या भइरहेको छ । उनी लडेको आफ्नै निर्वाचन क्षेत्रमा समेत खुलेर चुनाव प्रचार गर्न सकेका छैनन् ।
मधेशी जनताको यतिबेलाको मुल माग हो नागरिकता । बर्षौदेखि नागरिकता नपाएका मधेशका वास्तविक नागरिकहरुले चुनावमा आउने हरेक उम्मेदवारसँग यही प्रश्न दोहोर्याइरहेका छन कि हामीले नागरिकता कहिले पाउने ? । अध्यक्ष यादवलाई अर्को समस्या पनि छ, उनको निर्वाचन क्षेत्र सप्तरी २ मा मत माग्नका लागि । मलेठ घटना ओलीसँग जोडिएका करण पनि उपेन्द्रलाई समस्या परेको हो ।
पाँच वर्ष अघि मलेठमा पाँच जनाले शहादत पाउँदा केपी ओलीले दुईचार वटा आँप झर्दैमा केही हुँदैन भनेका थिए । यहाँका जनताले यो कुरालाई बिर्सिएका छैनन् । मधेशी जनतामाथि गोली चलाउने ओलीलाई मधेस छिराउने उपेन्द्र यादव नै भएको उनीहरु बताइरहेका छन् । यसकारण पनि ओलीलाई काँधमा बोकेर उपेन्द्र यादवलाई आफ्नै क्षेत्रमा भोटमाग्न गाह्रो भइरहेको छ ।
नागरिकताका विषयमा पनि ओलीसँगको साँठगाँठमा उपेन्द्र रहेकाले मधेशी जनताले पत्याएका छैनन् । अधिकांश मधेशी जनताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मधेश विरोधी नेताको रुपमा अझै पनि हेरिरहेका छन् । अहिलेको एमाले गठबन्धन पनि मधेशमा नागरिकता दिनुहुँदैन भन्नेहरुसँगै भएकाले यसको असर पनि उपेन्द्र यादवलाई परेको छ ।
राप्रपाका दुई पार्टी नै ओलीको गठबन्धनमा छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापा दुवैलाई ओलीले बोकेका छन भने उपेन्द्र यादवको जसपा पनि ओलीको साहारा लिएर चुनावमा आएको छ । राप्रपाले नागरिकता विधेयक पारित गर्न नहुने मात्र हैन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगर्दा विज्ञप्ती नै निकालेर त्यसको समर्थन गरेका थिए । अहिले यो विषय मधेशी जनताका बीच चर्चामा छ ।
अध्यक्ष यादवले चुनाव लड्ने सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश यादवले पनि उम्मेदवारी दिएका छन् । चर्चामा नआएपनि लोसपाको मत यो क्षेत्रमा सबैभन्दा धेरै छ । यी अनेक कारणले गर्दा पनि अध्यक्ष यादव आफ्नो क्षेत्रमा खुलेर जान सकिरहेका छैनन् । खासमा उनले निर्वाचनपछि मधेस सरकार बनाउने लोभमा एमालेसँग जोखिम उठाएको चर्चा मधेशमा छ ।
मधेस प्रदेशका प्रदेशसभाका ६४ निर्वाचन क्षेत्रमध्ये जसपाले ३६ सीटमा उम्मेदवारी दिएको छ । त्यसमध्ये ३० सीटमा जसपाले एमालेसँग तालमेल गरेको छ भने बाँकी ६ सीटमा जसपाले एक्लै उम्मेदवारी दिएको छ । मधेसमा एक्लै सरकार निर्माण गर्न कम्तीमा ३३ सीटमा विजयी हुनुपर्छ । कारणवश, मधेसमा एक्लै सरकार गठन गर्न संख्या नपुगे पनि प्रदेशसभामा सबैभन्दा ठूलो दल बनाई मुख्यमन्त्री आफ्नो भागमा सुरक्षित राख्ने रणनीतिमा जसपा अध्यक्ष यादवले एमालेसँग तालमेल गरेको भनाइ छ ।
जसपाले एमालेसँग नभई सत्तारुढ दलहरूसँग गठबन्धन तालमेल गरेको भए बढीमा मधेस प्रदेशमा २२ सीट पाउने अनुमान थियो । यो जुन सरकार बनाउन अपुग संख्या हो । तर, एमालेसँगको तालमेलपछि पनि मधेस प्रदेशमा जसपाले सरकार बनाउने सम्भावना छैन् । किनभने आधाभन्दा बढी सीटमा लोसपाको सम्भावना देखिएको छ । एमालेसँगको तालमेलपछि मधेस प्रदेशमा एमालेकै सहयोगमा पनि सरकार बनाउन जसपालाई कठिन छ ।
यता, एमालेसँगको तालमेलपछि जसपाले प्रदेशसभा मात्र नभई प्रतिनिधिसभामा केही सीट बढी पाएको छ । एमाले र जसपाले ५२ सीटमा तालमेल गरेका छन् । ५२ सीटमध्ये ३५ सीटमा एमाले र १७ सीटमा जसपाले उम्मेदवारी दिएका छन् । मधेसका ३२ सीटमध्ये जसपाले १४ सीटमा उम्मेदवारी दिएको छ ।
एमालेसँगको तालमेलपछि प्रतिनिधिसभा र प्रदेशसभामा जसपाले बढी सीट पाए पनि जसपाले उम्मेदवारी दिएका क्षेत्रमा जसपाका उम्मेदवारहरू तुलनात्मक रूपमा असुरक्षित छन् । एमालेसँगको तालमेलपछि जसपा अध्यक्ष यादव आफैंले उम्मेदवारी दिएको सप्तरी क्षेत्र नं २ मै जोखिममा छन् । आफ्नै क्षेत्र जोखिममा राखेर यादवले एमालेसँग तालमेल गर्दा पार्टीभित्र पनि विवाद छ ।
गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणामलाई आधार मान्दा मधेस प्रदेशका ६ सिट मात्र जसपा–एमालेको गठबन्धन बहमुतमा छ । बाँकी निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन अगाडि देखिन्छ । जसपा–एमाले गठबन्धन बहुमतमा रहेका क्षेत्रहरूमा सप्तरी १, बारा २, पर्सा १, सिराहा १ र ३ तथा पर्सा २ मात्र हुन् । २०७४ को निर्वाचनमा मधेस प्रदेशसभाका ६४ सिटमध्ये २५ सिटमा तत्कालीन राष्ट्रिय जनता पार्टी र २९ सिटमा तत्कालीन संघीय समाजवादी फोरम विजयी भएका थिए ।
यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि उपेन्द्रलाई चुनौती दिएका छन् । उनी भन्छन्, ‘उपेन्द्र यादवसँग मेरो व्यक्तिगत द्वन्द्व छैन । तर उहाँ मसँग बस्न डराइरहनुभएको छ । मधेसी जनतालाई विश्वासघात गरेकाले उपेन्द्र यादव लुकीलुकी अन्तर्वार्ता दिइरहनुभएका छन् । उनलाई जनताले घरदैलो पनि गर्न नदिने स्थिति छ ।’ अर्का उम्मेदवार जयप्रकाश यादवसँग सामना गर्न पनि उपेन्द्रलाई सहज छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार