महिला भलिबलमा सशस्त्र र रिले दौडमा आर्मीलाई स्वर्ण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार २३:५७:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/womens-volleyball-1_xkQWPg80WC.jpg)
२ कात्तिक, काठमाडौं । विभागीय टिम सशस्त्र प्रहरी बेनीमा बुधबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलमा विजयी भएको छ । अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै सशस्त्रले उपाधी चुमेको हो । पहिलो सेट २५–१९, दोस्रो सेट ३०–२८ र चौथो सेट २५–१९ को अन्तरले सशस्त्रले जितेको हो ।
सशस्त्रलाई पुलिसले तेस्रो सेटमा २४–२६ को अन्तरमा पराजित गरेको थियो । बिनिता बुढाथोकीको कप्तानीमा रहेको सशस्त्र र कमला पुनको नेतृत्वमा मैदानमा उत्रिएको पुलिस क्लबको खेल प्रतिस्पर्धात्मक थियो ।
यसैगरी घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमति प्रदेश प्रतियोगितामा तेस्रो भएको छ । बागमतिले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५–१२, २५–२१ र २५–१७ अन्तरमा पराजित गरेको हो । पहिलो सेट गण्डकीले बागमतिलाई २५–२० अन्तरमा जितेको थियो ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम सहभागी थिए । विजेता टिम शसस्त्रका खेलाडीलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनही रु १५ हजारका दरले पुरस्कृत गरेको छ ।
महिला चार सय मिटर रिले दौडमा आर्मीलाई स्वर्ण
यस्तै, महिला चार सय मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ । आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक हात पारेको हो । आर्मीका लागि रमिता गुरुङ, सरस्वती चौधरी, जयरानी थारू र निर्मला थापाले ४९.६० सेकेन्डमा दूरी पार गरेकी छन् ।
गण्डकीका लागि मसिना अधिकारी, अनिशा भण्डारी, सविना खातुन मियाँ र निशा घर्तीले ५२।७५ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक प्राप्त भएको हो । बागमतीका लागि रजिता दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजना आमात्यले ५२.७६ ले दूरी पूरा गर्दै कांस्य पदक जितेकी छन् । पुरुषतर्फ चार सय मिटर रिले दौडमा एपिएफले स्वर्ण पदक जितेको छ ।
एपिएफका नीरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामी मगरले ४२.४४ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक हात पारेका हुन् ।
यस्तै आर्मीका जीवन चौधरी, विवश थारू, युवराज विक र डिल्ली भण्डारीले ४२.६० सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक हात पारेको हो । लुम्बिनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारू र तुल्सीराम थारूले ४४.३८ सेकेण्डमा पूरा गर्दै कांस्य पदक जितेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतरुण कप भलिबल प्रतियोगिता आगामी फागुनमा
माघ २७, २०८१ आइतबार
सिन्धुपाल्चोकमा बीच भलिबल प्रतियोगिता सुरू
माघ १, २०८१ मंगलबार
सुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार