बझाङ दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ७ पुग्यो, घाइते १६ जनाको अवस्था चिन्ताजनक
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बिहिबार ०:५०:३२
२ कात्तिक, बझाङ । बझाङको मष्टा गाउँपालिकामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । १६ जना यात्रुहरू घाइते भएका छन् । घाइते १६ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
अस्पतालमा उपचाररत घाइतेमध्ये धेरै जसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने देखिएको छ ।
मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटना भएको हो । जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।
अवस्थीका अनुसार अहिले घटनास्थलबाट घाइतेहरूको उद्धार प्रयास जारी छ । यद्यपि साँझ परेका कारण हेलिकप्टर उड्न नसक्दा उद्धार कार्य प्रभावित भएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेको प्रहरी निरीक्षक अवस्थीले बताए ।
दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेको मष्टा गाउँपालिका वडा नं १ का अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए । घाइतेमध्ये धेरै जसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, चालक फरार
माघ १४, २०८१ सोमबार
टिप्परको ठक्करबाट एकको मृत्यु
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार